News

पार्टी फुटाउन र देउवा हराउन प्रयोग गरिएको स्टार होटल निगरानीमा

पार्टी फुटाउन र देउवा हराउन प्रयोग गरिएको स्टार होटल निगरानीमा

तत्कालिन मधेशी जनअधिकार फोरम फुटाउन र नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरवहादुर देउवालाई हराउन प्रयोग गरिएको पाँचतारे होटल सम्पत्ति शुद्धीकरण विभागको छानविनमा परेको छ।

विभागले ‘होटल मेरियट’का सञ्चालक शशि अग्रवालमाथि निगरानी बढाएको छ । अग्रवालको सम्पत्ति अस्वभाविक हिसावले बढेको देखिएपछि निगरानी बढाइएको विभागले जनाएको छ।

अग्रवालको मेरियट होटल तत्कालीन मधेशी जनअधिकार फोरमलाई फुटाउन प्रयोग गरिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र महेश बस्नेतले पहिलो पटक कोभिड–१९ महामारी भएको बेलामा यो होटलमा तत्कालीन स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई ल्याएर राखेका थिए ।

होटल मेरियटमा अहिले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई हराउने अभियानमा पनि प्रयोग गरिएको थियो ।

प्रायः सरकारी कार्यक्रम हुने यो होटलमा स्वभाविकभन्दा अस्वभाविक गतिविधि धेरै हुने गरेको देखिएको विभाग स्रोतले बताएको छ ।

यसैगरी, शंकर ग्रुपका मालिक शंकर अग्रवाल र उनका छोरा सुमित अग्रवाल, गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याल, ह्याम्स अस्पतालका मालिक रामशरण भण्डारी, पर्यटन व्यवसायी नवराज बजगाइँ, सप्लायर्स, ट्रेकर, होटल र पर्यटन व्यवसायी बालकृष्ण भुसाल, पर्यटन व्यवसायी राजेन्द्र बजगाइँ, नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक समितिका अधयक्ष डा.सुनिल शर्मामाथि पनि निगरानी वढाईएको विभाग स्रोतले जनाएका छ ।

पर्यटन व्यवसायीद्वय राजेन्द्र र नवराज सहोदर दुई भाई हुन् । गत आर्थिक वर्षको पुँजीको अनुपात हेर्दा अस्वभाविक देखिएकाले आन्तरिक रुपमा छानबिन भईरहेको जनार्यउको छ।

विशेष