News

धुर्मुश–सुन्तलीलाई महानगरको दबावः रंगशालाको स्वामित्व वुझाउन तागेदा

धुर्मुश–सुन्तलीलाई महानगरको दबावः रंगशालाको स्वामित्व वुझाउन तागेदा

निर्माणको कामबाट भरतपुर महानगरपालिकाले हस्तक्षेप गरेको छ। करिव ५ महिनादेखि निर्माणको काम अवरुद्ध भएपछि रङ्गशालाका निर्माणको काममा महानगरले हस्तक्षेप गरेको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट भरतपुर महानगरपालिकाले हस्तक्षेप गरेको छ। करिव ५ महिनादेखि निर्माणको काम अवरुद्ध चएपछि रङ्गशालाका निर्माणको काममा महानगरले हस्तक्षेप गरेको हो ।

महानगरले फाउण्डेशनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न दवाव दिएपछि फाउण्डेशनले स्वामित्व लिनका लागि महानगरलाई आग्रह गरेको छ।

आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार फाउण्डेसनले स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको छ । 

सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनले कोभिड– १९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताइन् ।

फाउण्डेशनको आग्रहपछि महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताइन् । 

उनका अनुसार फाउण्डेशनले महानगरमा पेश गरेको विवरण सरकारी तवरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पठाएर तिर्नुपर्ने भुक्तानी तिर्नका लागि प्रक्रिया अघि बढाइँदै छ । बाँकी कामका लागि बहुवर्षीय योजना अन्तर्गत बोलपत्र आह्वान गरी काम अघि बढाउन महानगरले सङ्घीय सरकारलाई अनुरोध गरेको दाहालले जानकारी दिइन्।

महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रङगशालाका लागि उपलब्ध गराएको हो ।

रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेशनले दाबी गरेको छ । रङ्गशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार खर्च भइसकेको छ भने १७ करोडभन्दा बढी ऋण तिर्न बाँकी छ।

रङ्गशाला सम्पन्न गर्न तीन अर्ब हाराहारी खर्च हुने अनुमान गरिएको छ । रङगशालाको विसं २०७५ माघ १६ गते भरतपुर महानगरसँग सम्झौता गरी काम अघि बढाइएको थियो ।

धुर्मुस सुन्तली फाउण्डेशन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला

विशेष