News राजनीति

निर्वाचन आयोगले संविधान अनुसार काम गरेको भए ओली सडकमा पुग्थेः प्रचण्ड

निर्वाचन आयोगले संविधान अनुसार काम गरेको भए ओली सडकमा पुग्थेः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले संविधान अनुसार काम नगरेको आरोप लगाएका छन् । ‘आयोगले संविधान अनुसार काम गरेको भए केपी शर्मा ओली अहिले पार्टी विहिन अवस्थामा हुन्थे’ भन्दै उनले टिप्पणी गरे।

२०७७ पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनका सन्दर्भमा समाजवादी प्रेस संगठनले सोमबार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै उनले ओलीमाथिको कारबाही निर्वाचन आयोगले अघि बढाएको भए सूर्य चिन्ह यतिबेला आफूहरुको भइसक्ने बताए।

‘निर्वाचन आयोगले हाम्रो सिफारिस मानेको भए केपी ओली पार्टीविहीन हुने थिए। उनी बबुरो भएर सडकमा पुग्ने थिए। तर ठूलो सेटिङबाट उनलाई जोगाइयो। हामीले उनलाई पार्टीको साधारण सदस्यबाटै निकालेका थियौँ’ उनले भने–‘निर्वाचन आयोगले संविधान अनुसार काम नै गरेन।’

पार्टीमा आफूहरुले ७५ प्रतिशत हिस्सा कब्जा गरिसकेको अवस्थामा ओलीले अर्को पार्टी बनाइसकेको दाहालले बताए। ‘सूर्य चिन्ह पनि हाम्रो भइसकेको थियो। ओलीले त अर्को पार्टी बनाइसकेका थिए। तर सेटिङका कारण हाम्रो योजना सफल भएन। ओलीले नियुक्त गरेका निर्वाचन आयोगका पदाधिकारीले निष्पक्ष निर्णय दिन सकेनन्’–उनले भने।
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष