News विदेश

जापानमा मास्कमा मोवाईलको फ्ल्यास लाईट प्रयोग गरेर कोरोना भाईरसको परिक्षण

जापानमा मास्कमा मोवाईलको फ्ल्यास लाईट प्रयोग गरेर कोरोना भाईरसको परिक्षण

जापानमा मास्कमा मोवाईलको फ्ल्यास लाईट प्रयोग गरेर कोरोना भाईरसको परिक्षण गर्न सकिने प्रविधिको विकास भएको छ। जापानको क्योटो प्रिफेक्चुअल युनिभर्सिटीका वैज्ञानिकले यो प्रविधिको विकास गरेका हुन् ।

वैज्ञानिकहरुले वनाएको मास्कले मोबाइलको फ्ल्यास लाइटको माध्यमबाट कोभिड–१९ भए वा नभएको जानकारी दिन्छ । मोबाइलका अतिरिक्त अल्ट्रा भ्वायलेट (परावैजनी) प्रकाशबाट पनि पत्ता लगाउन सकिन्छ । यो मास्कको फिल्टर अस्ट्रिचको कोशिकाबाट बनाइएको छ ।

मास्कको अघिल्लो तहमा एक फिल्टर लगाइएको छ । यसमा एक फ्लोरिसेन्ट स्प्रे लगाइएको छ । यसमा एक एन्टीबडी हुन्छ । जुन भाइरससँगै बन्द हु्न्छ । यदि मास्कमा भाइरसको कण देखियो भने परावैजनी प्रकाश (यूभी) चम्किन्छ । यो मास्क स्मार्टफोनको एलईडी मा चम्किन्छ ।

अनुसन्धानका क्रममा वैज्ञानिकले सबैभन्दाम पहिले कोरोना भाइरस पोथी अस्ट्रिचमा प्रवेश गराएका थिए । त्यसपछि अस्ट्रिचको अण्डाबाट एन्टिबडी निकालेर फ्लोरिसेन्ट स्प्रे तयार पारिएको थियो ।

१० दिनभित्र मास्कको परीक्षण ३२ जना कोरोनाका बिरामीमा गरिएको थियो । जसरी बिरामीमा सुधार आयो त्यसरी नै मास्क चम्किन छोडेको थियो । अबको परीक्षण १५० मानिसमा गरिने लक्ष्य रहेको जनाईएको छ। 
 

विशेष