News

रविन्द्र मिश्र र मिलन पाण्डेको विवाद उत्कर्षमा, पाण्डेले घोषणा गरे समानान्तर समिति

रविन्द्र मिश्र र मिलन पाण्डेको विवाद उत्कर्षमा, पाण्डेले घोषणा गरे समानान्तर समिति

विवेकशिल साझाका संयोजक मिलन पाण्डे र अध्यक्ष रविन्द्र मिश्र विचको विवाद चरम उत्कर्षमा पुगेको छ। पार्टीका संयोजक मिलन पाण्डेले पार्टीको अलग्गै केन्द्रीय समिति घोषणा गरेका छन्। 

मंगलबार बिहान विज्ञप्ति जारी गरी उनले ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’को केन्द्रीय समिति भन्दै २०१ सदस्यीय समानान्तर समिति घोषणा गरेका हुन्। 

उनले हालको १३० सदस्यीय केन्द्रीय समितिलाई यथावत् राख्दै यसमा पार्टीका अन्य महत्वपूर्ण पक्षहरू समावेश गरीएको जनाएका छन् ।

अभियानको मूल कार्यभार वैकल्पिक राजनीतिको लिगेसीलाई निरन्तरता दिने र विवेकशील साझा पार्टीलाई वैचारिक तथा सांगठिनक रूपमा थप सशक्त बनाउने उनले जनाएका छन् ।

अभियानले घोषणा भएको मितिले ९० दिन भित्र राष्ट्रिय सम्मेलन गर्ने र त्यस अगाडी सम्पूर्ण प्रदेश र जिल्लामा समिति गठन गर्ने जनाईएको छ। 

२०१ सदस्यीय केन्द्रीय समितिमा हालका विवेकशील साझा पार्टीका १२९ केन्द्रीय समिति सदस्यसहित प्रविन सुवेदी, सुजन आचार्य, विक्रम परियार, कालुराम तामाङ, महेन्द्र आचार्य, कल्याण अधिकारी, विमला रोक्का, डा. बोधराज पराजुली, सुवास भारती, इ. प्रदीप ढकाल, पवन थापा मगर, प्रतिभा पोखरेल, दीपेन्द्र कार्की, चेतनाथ निरौला, प्रेक्षा पण्डित, डा. फणीन्द्र शाह, सुदीप ओझा, अशोक खड्का, सुरज श्रेष्ठ, मनिषा मगर, बाबुराज बस्नेत छन् ।

यसैगरी, युजन राजभण्डारी, कल्याण थापा, नवराज कार्की, सुवास पन्थी, सन्देश केसी, रेशम के श्रेष्ठ, रामहरि तिम्सिना, विदुर अधिकारी, बन्धु घिमिरे, राजेशकुमार गिरी, आशा ठाकुर, नाविता शर्मा, सुदीप बजगाई, सौरभ नेउपाने, तारा भट्ट, सौरभ न्युपाने(चाउ), भोला रिजाल, रवीन्द्र उपाध्याय, रोहन दंगाल, सागर बेलवासे, भरत कँडेल, तुलसीराज उप्रेती, कृष्ण आचार्य, पदमराज न्यौपाने, नरेश भण्डारी (नाथन), भीम नारायण कोइराला, सागर घिमिरे, विपिन पाण्डे, विष्णु केसी, निर्मल फुँयाल, सम्झना उप्रेती, डा. गोविन्द आचार्य, रामबाबु यादव र उत्तम खनाल सदस्य छन् ।

बाँकी १७ जना दोस्रो चरणमा घोषणा गरिने जनाईएको छ।

रविन्द्र मिश्र मिलन पाण्डे विवेकशिल साझा

विशेष