News

चिट चोर्न नदिने शिक्षकलाई विद्यार्थीको रामधुलाई

चिट चोर्न नदिने शिक्षकलाई विद्यार्थीको रामधुलाई

प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ। परीक्षामा चिट चोर्न नदिएपछि उनी माथि आक्रमण भएको हो ।

मंगलबारमा प्रयोगात्मक परीक्षाका विषयमा विवाद हुँदा विद्यार्थी कुबेर जेठाराले उनीमाथि कुटपिट गरेको जनाइएको छ। शिक्षक पुडासैनीको टाउकोमा सात टाँका लगाइएको छ।

आरआरका लेक्चर ऋषिकेश दाहालका अनुसार चिट चोर्न नपाएको भन्दै शिक्षक पुडासैनीमाथि आक्रमण भएको हो।

उनले ट्वीटरमा लेखेका छन्–‘चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ। उहाँको टाउकोमा सात टाँका लगाउन परेको छ। यसभन्दा लज्जाको विषय के होला? कस्तो शिक्षा दिइरहेका छौं हामीले’ दाहालले सामाजिक सञ्जालमा लेखेका छन्। 


 

रत्न राज्यलक्ष्मी क्याम्पस आरआर

विशेष