News विदेश

पानामा पेपरमा जेलिदै वलिउड अभिनेत्री ऐश्वर्या, अमिताभ र अभिषेक पनि जोडिए

पानामा पेपरमा जेलिदै वलिउड अभिनेत्री ऐश्वर्या, अमिताभ र अभिषेक पनि जोडिए

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन पानामा पेपरमा मुछिएर समस्यामा परेकी छिन् । उनीसँग भारतको प्रवद्र्धन निर्देशनालयले ६ घण्टा लामो सोधपुछ गरेको छ।

पानामा पेपरमा मुछिएको सम्बन्धमा निर्देशनालयले ऐश्वर्यासँग सोधपुछ गरेको हो। उनीसँग उनको कम्पनी र बैंक एकाउन्टका विषयमा सोधपुछ गरिएको थियो। 

निर्देशनालयका पदाधिकारीले ऐश्वर्यासँग ५० हजार डलरमा खरिद गरेको कम्पनी किन १ हजार ५ सय डलरमा बेच्नु पर्यो भनेर प्रश्न गरेको भारतीय सञ्चार माध्यम दैनिक भास्करमा उल्लेख  छ। उनलाई निर्देशनालयले अमिताभ बच्चनकी बुहारी भएपछि किन कम्पनी बन्द गर्नुप¥यो? भन्ने प्रश्न पनि गरेको समाचारमा उल्लेख  छ। 

सन् २०१६ मा पानामा ल फर्मको १ करोड १५ लाख ट्याक्स सम्बन्धी दस्तावेज लिक भएका थिए। जहाँ भारतका मात्रै ५ सय भन्दा धेरैको नाम जोडिएको थियो।

केन्द्रीय एजेंसीले यस विषयमा ४ वर्ष पहिला नै जाँच सुरु गरेको थियो । यस विषयमा अभिनेता अभिषेक बच्चनलाई पनि एक पटक सोधपुछ गरिएको थियो । 

प्रवर्तन निदेशालयले साढे ६ घण्टा लामो सोधपुछमा उनले सन २०१२ आफना पति अभिषेक बच्चनलाई लाखौं पाउण्ड रकम पठाएको र त्यसको श्रोत के हो भन्ने विषयमा सोधेको थियो । यसैगरी, उक्त रकम पठाउन रिजर्व बैंक अफ इंडियासँग अनुमति लिएको थियो की थिएन भन्ने विषयमा पनि प्रश्न गरिएको थियो । यस्तै,  यसैगरी ब्रिटिश वर्जिन आइलैंडमा रहेको कम्पनीमा निर्देशक रहेको विषयमा पनि सोधपुछ गरिएको छ।

करिव साढ़े ६ घण्टा लामो सोधपुटपछि निस्केकी ऐश्वर्याको अनुहारमा तनाव देखिएको थियो । ईडीले यसअघि पनि उनलाई दुई पटक उपस्थित हुन पत्राचार गरेको थियो । तर, उनै दुवै पटक अनुपस्थित भईन। 

यो प्रकरणमा ऐश्वर्या राय बच्चनसहित मशहूर फिल्म अभिनेता अमिताभ बच्चनपनि जोडिएका छन् । स्रोतका अनुसार ऐश्वर्या राय बच्चनलाई इडिले तेश्रो पटक उपस्थित हुन पत्र काटेको थियो ।

स्रोतका अनुसार यो प्रकरणमा रिजर्व बैंक आफ इंडियाको गोप्य रिपोर्ट ईडीलाई प्राप्त भएको थियो । जसअनुसार अमिताभ बच्चन सन २००७ देखि २०१५ सम्म पटक पटक अत्याधिक पैसा वोकेर विदेश गएको खुलेको छ। नियम अनुसार सन २०१३ भन्दा अगाडि दुई लाख डलर भन्दा वढि रकम वोकेर विदेश जान प्रतिवन्ध थियो । तर, अमिताभले पटक पटक यो नियमको उलंघन गरेको जनाईएको छ।

दस्तावेजमा लाएको आरोप अनुसार अमिताभ बच्चनले यस विचमा धेरै देशको प्रमण गरेका छन् भने केही कम्पनीमा लगानी पनि गरेका छन् । सन २०१३ भन्दापछि विदेश जाने ब्यक्तिले लान पाउने रकमको परिमाण घटाएर ७५ हजार डलर गरिएको थियो । वाली रकम दो लाख से घटा कर ठछ हजार डा‘लर कर दी गई. दस्तावेजका अनुसार यसपपछि पनि अमिताभ बच्चनले सन २०१४/१५ मा २ लाख ३४ हजार डलरभनदा वढि पैसा वोकेर विदेश गएका थिए ।

ऐश्वर्या राय बच्चन

विशेष