News

मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निष्कासित

मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निष्कासित

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् ।

विवेकशील साझा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले उनलाई पार्टीवाट निस्कास गरेको हो । यसअघि उनलाई पार्टीले स्पष्टिकरण सोधेको थियो ।

स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआएको भन्दै संयोजक पाण्डेलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको अध्यक्ष रविन्द्र मिश्रद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

‘अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुष ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईँलाई आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।’ पाण्डेलाई कारबाही गरेको पत्रमा भनिएको छ । 

पाण्डेलाई कारबाही गरिएको जानकारी गराइएको पत्र 

यो पनि

रविन्द्र मिश्र र मिलन पाण्डेको विवाद उत्कर्षमा, पाण्डेले घोषणा गरे समानान्तर समिति

विशेष