News अपराध सुरक्षा

एनसेल प्रकरणमा अर्को खुलासाः नेतृत्वबाटै यौन उत्पीडन भएको आरोप (श्रृंखला– १२)

एनसेल प्रकरणमा अर्को खुलासाः नेतृत्वबाटै यौन उत्पीडन भएको आरोप  (श्रृंखला– १२)

दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका विभिन्न खालका समस्या पछिल्लो समय सतहमा आईरहेका छन् । ब्यवस्थापनसँग असन्तुष्ट भएर कर्मचारीहरु लामो समयदेखि आन्दोलनमा लागेपछि कम्पनीका समस्या पनि वाहिर आउन थालेका हुन ।

अधिकांश समस्याको सुत्रपात कर्मचारीको उच्च तहको नेतृत्वबाट सुरु भएको पीडित कर्मचारीहरु वताउँछन्। एनसेलमा श्रम शोषण, विदेशी कर्मचारी र नेपाली कर्मचारीको विचमा विभेद, तलव वृद्धि तथा वढुवामा वेवास्ता लगायतका विषयमा यस अघि नै सार्वजनिक भएका विषय हुन ।

पछिल्लो समय कम्पनीमा यौन उत्पीडनको विषय पनि चर्चामा आउन थालेको छ। पीडितहरुले एचआर म्यानेजर युवराज श्रीवास्तव र चिफ कमर्सियल अफिसर प्रदिप श्रीवास्तवमाथी यस्तो गम्भिर आरोप लगाएका छन् । उनीहरु दुवै जना भारतिय नागरिक हुन । अनावश्यक रुपमा महिला कर्मचारी प्रति नजिक हुने, अपनत्व देखाउँने तथा असभ्य ब्यवहार गर्ने गरेको उनीहरु वताउँछन् ।

कर्मचारीहरुले सुरु गरेको आन्दोलनमा ‘प्रत्येक २/२ वर्षमा सामुहिक सौदाबाजी अनुसार कर्मचारीको तलब तथा सुबिधा बढाउनुपर्ने, बिनाकारण कर्मचारीहरुलाई जागिरबाट बर्खास्त गर्न नपाईने’ लगायतका माग राखिएपनि आफुहरुको मागका विषय समावेश गराउन नसकिएको उनीहरुको भनाई छ। 

उक्त विषय सार्वजनिक भए समाजिक रुपमा खेप्नु पर्ने प्रताडना पनि भोग्न तयार हुनु पर्ने भएकाले यस्ता विषय आन्दोलनका विषय वनाउन नसकिएको उनीहरु वताउँछन् । ‘हाम्रो समस्यालाई वाहिर ल्याउन सक्ने अवस्था छैन। त्यसका लागि जागिर छोड्न र समाजले गर्ने अपमानको भागिदार हुन तयार हुनुपर्छ’ एक पीडित कर्मचारी भन्छन्–‘त्यसो गर्न नसकेपछि चुप लागेर वस्नुको विकल्प छैन।’ कुनै पनि सर्तमा आफुहरुको पहिचान सार्वजनिक नगर्न आग्रहसहित वोल्न तयार भएका उनीहरु भन्छन्–‘कर्मचारी संगठनमा पनि हामीले यो विषय राखेका हौ, तर समाधनको उपाय नदेखिएपछि चुप लाग्नुमै भलाई देख्यौ।’

पीडित कर्मचारीहरुका अनुसार प्रदिप श्रीवास्तव यस अघि पनि यौन उत्पीडनको घट्नामा परिसकेका ब्यक्ति हुन । भारतको आइडिया सेल्युलरमा आठ वर्षभन्दा बढी समय वितादएका श्रीवास्तवले सोही प्रकरणपछि जागिर छोड्नु परेको थियो । प्रदीप आइडिया सेल्युलरका प्रमुख मार्केटिङ अफिसर थिए।

सन २०१० मा आइडिया सेल्युलरकी सहायक प्रबन्धक अन्विता प्रभाकरले प्रदीपविरुद्ध उजुरी दिएकी थिइन्। त्यसवेला प्रदीपभन्दा २५ वर्ष कान्छी अन्विताले आफुलाई दर्जनौं अभद्र सन्देशहरू पठाएको बताएकी थिईन।

उनले सबै म्यासेजको प्रिन्ट आउटसमेत निकालेर सार्वजनिक गरेकी थिईन। अदालतले त्यस विषयमा अनुसन्धान गर्न आदेश दिएपछि प्रदीपले कम्पनी छोड्ने निर्णय गरेका थिए । त्यस विषयमा भारतिय पत्रकारहरुले राखेको जिज्ञासामा प्रदिप मौन वसेका थिए ।

यस विषयमा एनसेलका आधिकारिक कर्मचारी र सम्वन्धित ब्यक्तिसँग प्रतिक्रिया लिन खोज्दा उनीहरु सम्पर्कमा आउन चाहाँदैनन्। पटक–पटक फोन सम्पर्क गर्दा प्रतिक्रिया दिन नमानेपछि नेपाल आजको टिम कार्यालयमै पुग्दा समेत उनीहरु तर्किएका छन। तर यसअघि प्रकाशित समाचारका विषयमा भने उनीहरुले खण्डन लेखेर पठाएका थिए। उक्त खण्डन नेपाल आजले जस्ताको तस्तै प्रकाशित गरेको छ। यस श्रृंखलामा प्रकाशित समाचारका विषयमा आधिकारिक प्रतिक्रिया आए अर्को श्रृंखलामा प्रकाशित गरिने छ।

यो पनि

एक्जियाटाले सुरु गर्यो एनसेलमा छानविन, श्रीवास्तावलाई जोगाउन सिइओको चलखेल (श्रृंखला– ११)

एनसेलबाट यसरी हुन्छ संवेदनशिल सूचनाको चुहावट, हुवावेबाट झन खतरा ! (श्रृंखला– १०)

एक्जियाटाले सोध्यो एनसेललाई स्पष्टिकरण, डन प्रवृत्ति उस्तै (श्रृंखला– ९)

एनसेलमा कर्मचारीको आन्दोलन जारी, आधिकारीक स्रोत प्रयोग गर्न आग्रह (श्रृंखला– ८)

जनता चुसेको र कर्मचारीलाई शोषण गरेको खुलासा गर्दा एनसेलले भन्यो– पित पत्रकारिताको पराकाष्ठा (श्रृंखला– ७)

एनसेलद्वारा नेपाल आजलाई विज्ञापनको प्रलोभन, समाचार हटाउन दवाव (श्रृंखला– ६)

एनसेलका कारण संवेदनशिल सूचना विदेशीको हातमा ! (श्रृंखला– ५)

एनसेलका कर्मचारीको आन्दोलनमा श्रीवास्तवका भिजिलान्ते ! (श्रृंखला– ४)

एनसेल आतंकः समाचार हटाउन दलाल मार्फत लगातार धम्की (श्रृंखला– ३)

आन्दोलनको समाचार हटाउन एनसेल कर्मचारीको दवाव, नहटाए ठिक पार्ने धम्की (श्रृंखला– २)

एनसेल कर्मचारीलाई बमले उडाईदिने श्रीवास्तवको धम्की (श्रृंखला– १)

एनसेल युवराज श्रीवास्तव प्रदिप श्रीवास्तव

विशेष