News

स्थानीय तहका २३२ कर्मचारीको सरुवा (विरणसहित)

स्थानीय तहका २३२ कर्मचारीको सरुवा (विरणसहित)

लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत २३२ कर्मचारीको सरुवा भएको छ। लामो समयदेखि अन्तस्र्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएको निवेदनका आधारमा उनीहरुको सरुवा गरिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि मंसिर २१ गते पनि १ हजार ६१३ कर्मचारीको सरुवा गरेको थियो। मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत उनीहरुको सरुवा गरेको थियो। 

लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

लोक सेवा आयोगबाट सिफारिस भई स्थानीय तहमा नियुक्त भएका कर्मचारीको छनोट प्रदेशगत रुपमा गरिएको थियो। आफूलाई पायक पर्ने स्थानीय तहमा कामकाजमा जान खोज्ने कर्मचारीको प्रवृत्ति देखिएपछि सरुवा गरिएको मन्त्रालयले जनाएको छ। 

मन्त्रिपरिषदद्वारा स्वीकृत मापदण्ड अनुसार अन्तर स्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गर्नुपर्ने ब्यवस्था छ।

सरुवा भएका २३२ कर्मचारीको विवरणः 

विशेष