News राजनीति

प्रचण्डको जालोमा जनार्दन, महासचिव हाप्ने की अर्थमन्त्री? : बास्कोटा

प्रचण्डको जालोमा जनार्दन, महासचिव हाप्ने की अर्थमन्त्री? : बास्कोटा

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अर्थमन्त्री जनार्दन शर्मा आफ्नै पार्टीका सुप्रिमो पुस्पकमल दाहाल ‘प्रचण्ड’ को जालोमा परेको टिप्पणी गरेका छन् ।

विहिवार सामाजिक सञ्जाल ट्वीटरमा नेकपा माओवादी केन्द्रको आसन्न राष्ट्रिय सम्मेलनका विषयमा आफनो धारणा सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका हुन । उनले शर्माका अगाडि महासचिव पदमा उठ्ने दाबी छाड्ने वा मन्त्री पद त्याग्ने भन्ने संकट देखिएको जनाएका छन् ।

अर्थतन्त्रका विभिन्न सूचक ओरालो लागेको दाबी गर्दै अर्थमन्त्रीको आलोचना भईरहेको र त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकटका सञ्चारमाध्यमले नै शर्मालाई समस्यामा पारिरहेको पनि वास्कोटाले टिप्पणी गरेका छन् ।

उनी लेख्छन्– ‘अर्थतन्त्रका अनेक सूचक ओरालो लाग्दा अर्थमन्त्रीमाथि आलोचना बढ्नु स्वाभाविक हो। तर प्रचण्डकै खल्तीका मिडीयाले उनीमाथि शुंखलाबद्ध हमला जारी राख्नुको राजनीतिक रहस्यचैं माओवादीको सम्मेलन रहेछ। महासचिवको दाबी हाप्ने वा अर्थमन्त्री? सुप्रिमोकै जालोमा शर्मा!’

नेकपा माओवादी केन्द्रले यही पुस ११ गतेदेखि काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ।

जनार्दन शर्मा गोकुल बास्कोटा

विशेष