News

चीनका जासुस सकृय भएपछि नेपालमा वढ्यो सुरक्षा संवेदनशिलता !

चीनका जासुस सकृय भएपछि नेपालमा वढ्यो सुरक्षा संवेदनशिलता !

विश्वशक्ति राष्ट्र अमेरिकाले विभिन्न सफ्वेयर र प्रविधिको प्रयोग गरेर नेपालमा जासुसी गरिरहेको चर्चा सुरु भएको छ। मलेसियाली कम्पनी एक्जियाटा अन्तर्गत नेपालमा सञ्चालनमा रहेको ‘एनसेल एक्जियाटा लिमिटेड’ले चीनियाँ कम्पनी हुवावेसँग मिलेर नेपालमा सुराकी गरेको कुरा वाहिरिएपछि अमेरिकाप्रति पनि कतिपयले प्रश्न उठाउन थालेका छन् ।

विश्वलाई नै चुनौति दिने गरी अघि वढिरहेको चीनलाई नेपाल लगायतका अन्य देशमा रोक्न अमेरिकाले रणनीति वनाई रहेको र त्यसै अन्तर्गत विभिन्न सफ्टवेयर र प्रविधि मार्फत सुराकी गरिरहेको हल्ला चल्न थालेको छ। 

अमेरिकाले पनि नेपालमा एमसीसी कसरी कार्यान्वयनमा लैजाने र चीनलाई कसरी रोक्ने भन्ने रणनीति अनुसार शिर्ष नेताहरुको निगरानी वढाईरहेको वताईन्छ। खास गरी एमसीसीको विरोध गर्नेहरुको अमेरिका जाने भिसा रोक्ने, डिभीका लागि आवेदन दिएकाहरुको प्रकृया रद्ध गर्ने लगायतका नीति अमेरिकाले अख्तियार गरेको हुन सक्ने अनुमान लगाईन्छ।

यसअघि चीनले नेपालमा सुराकी गरिरहेको कुरा वाहिर आएको थियो । हुवावे र एनसेलको प्रयोग गरेर जासुसी गरेको विषय सिक्काको एउटा पाटो मात्रै हो, चीनले अन्य विभिन्न माद्यमवाट नेपालमा जासुसी गर्ने गरेको वताईन्छ। कतै प्रत्यक्ष र कतै अप्रत्यक्ष रुपमा यो श्रृंखला चन्दै आएको स्रोतको भनाई छ। सिमावर्ती क्षेत्रमा चीनले ड्रोन मार्फत र चीनियाँ प्रहरी खटाएर नेपाली क्षेत्रमा जासुसी गरिरहेको छ। नेपाल प्रवेश गर्ने चीनियाँ सुरक्षाकर्मीले मादक पदार्थ सेवन गरी नेपालीहरुलाई कुटपिट गर्ने, दुब्र्यवहार गर्ने लगायतका विषयमा यस पछि नेपाल आजले श्रृंखलवद्ध समाचार प्रकाशन/प्रशारण गरेको थियो ।

सिमाआसपासका नेपालीहरुका अनुसार उनिहरुले स्थानीय प्रशासनलाई समेत दवावमा राख्ने गरेका छन् भने कतिपयलाई विभिन्न प्रलोभन समेत दिने गरेका छन् । उनीहरुको मुख्य उदेश्य भनेको सूचना संकलन गर्नु रहेको स्थानीयवासीहरु वताउँछन्। यसैगरी, काठमाण्डौमा चीनियाँ दुतावास मार्फत परिचालित कतिपय ब्यक्ति तथा संस्थाहरु नै यो कार्यमा संलग्न छन् ।

नेपालमा कतिपय मिडियाले समेत चीनका लागि काम गर्ने गरेको वेला वखत आरोप लाग्ने गरेको छ। केही समय अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ मार्फत कान्तिपुर पब्लिकेशनले चीनको अरवौं रुपैयाँ भित्र्याएको चर्चा चलेकै हो। चीनले आफु अनुकुलका सम्पादक नियुक्त गर्नुपर्ने सर्तमा कान्तिपुरलाई पैसा दिएको नेपाल डेमोक्र्याट यूनियनका अध्यक्ष सिद्धार्थ गौतमले खुलासा गरेका थिए ।

चीनको सर्त अनुसार कान्तिपुरले सुधीर शर्मालाई प्रधान सम्पादक र उमेश चौहानलाई सम्पादक वनाएको उनले वताएका थिए ।

कान्तिपुर मात्र होईन, अन्य धेरै मिडियाले चीनका लागि काम गर्ने गरेको वताउने गरिएको छ। खास गरी अमेरिकी परियोजना एमसीसी कार्यान्वयनमा जान नदिन र आफनो देशको परियोजना विआरआईलाई कार्यान्वयनमा लैजान चीनले जासुसी गर्ने र त्यसै अनुसार गतिविधिहरु सञ्चालन गर्दै आएको स्रातको भनाई छ।

यस विषयमा सम्वन्धित निकायसँग प्रतिक्रिया लिन गरिएको प्रयास सफल भएको छैन। प्रतिक्रिया प्राप्त भए अर्को श्रृंखलामा समावेश गरिने छ।

यो पनि

एनसेलबाट यसरी हुन्छ संवेदनशिल सूचनाको चुहावट, हुवावेबाट झन खतरा !

नेपाली भुमिमा ड्रोन उडाउँछन चीनियाँ लालसेना

प्रचण्ड मार्फत कान्तिपुरमा चीनको अरवौं लगानी, भारत र अमेरिका विरुद्ध प्रयोग

अमेरिका जासुसी

विशेष