रञ्जु दर्शनाले त्यागिन विवेकशील साझा: पार्टीको नेतृत्वमा ढोङ

०७४ सालको स्थानीय चुनावमा काठमाडौंको मेयरकी उम्मेदवारसमेत रहेकी रन्जु दर्शनाले विवेकशील साझा पार्टी छाडेकी छिन् ।
अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै रन्जुले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । अध्यक्ष मिश्रलाई विहिवार लेखिएको पत्रमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा अधिकतम ढोङ पाएको रन्जुले बताएकी छिन् ।
‘विसं २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव–चढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोङ पाएँ।’
‘संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्घन्दित बनाएर भइरहेका सम्पूर्ण कदम, व्यवहारले अगामी दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ’ भन्दै उनले नेतृत्वका कारण राजनीतिमा आउन चाहने नयाँ पुस्तालाई समेत विश्वासको संकट उत्पन्न भएको वताएकी छन् ।
दर्शनाले अध्यक्ष रविन्द्र मिश्रलाई लेखेको पत्र