News

आमिर खानको फातिमा साना शेखसँग तेस्रो विवाह !

आमिर खानको फातिमा साना शेखसँग तेस्रो विवाह !

तीन महिनाअघि श्रीमती किरण रावसँग सम्वन्ध विच्छेद गरेको भारतिय अभिनेता आमिर खानले तेस्रो विवाह गरेको चर्चा सामाजिक सञ्चालनमा चलिरहेको छ। आमिर खानले आफ्नो प्रेमिका अभिनेत्री फतिमा साना शेखसँग विवाह गरेको चर्चा छ। चर्चासँगै उनीहरुको फोटो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

आमिर आफ्नो ‘दंगल’ फिल्ममा छोरीको भुमिकामा अभिनय गरेकी अभिनेत्री फतिमासँग प्रेम सम्बन्धमा छन्। उनीहरुले ‘ठग्स अफ हिन्दुस्तान’ फिल्ममा पनि सँगै अभिनय गरेका थिए। उनीसँगकै तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रशंसकहरूले उनीहरूले बिहे गरेको अनुमान गरेका हुन्।

तर वास्तवमा उक्त फोटो झुटो भएको फ्याक्ट चेकवाट पत्ता लागेको छ। त्यो फोटोमा आमिरको छेउमा रहेकी महिला उनकै पूर्व श्रीमती किरण हुन्। आकाह अम्बानी र श्लोका मेहताको इन्गेजमेन्टका बेला उनीहरूले त्यो तस्बिर खिचाएका थिए। 

त्यही फोटोमा केही व्यक्तिले किरणको टाउको हटाएर फातिमाको अनुहार जोडेर सामाजिक सञ्जालमा सेयर गरेका जनाईएको छ। यद्यपी आमिरले आफ्नो बिहेको घोषणा उनको नयाँ फिल्म ‘लाल सिंह चड्डा’को रिलिजपछि गर्नेछन्। फिल्मबाट कसैको ध्यान नहटोस् र बक्स अफिसमा फिल्मबारे आउन सक्ने आलोचना वा विवाद रोक्न उनले बिहेको कुरा अलिपछि ल्याउने अनुमान छ। प्रशंसकहरुले फातिमाकै कारण आमिर र किरण छुटिएको हुन सक्ने अनुमान लगाएका थिए।

फिल्ममेकर किरण आमिरकी दोस्रो श्रीमती थिइन्। उनीहरु सन् २००५ मा वैवाहिक सम्बन्धमा बाँधिएका थिए।

आमिर खान फातिमा साना शेख

विशेष