News राजनीति

दलाई लामाको उदाहरण दिदै घनश्यामले भने– एमाले ओलीको प्रालि भयो

दलाई लामाको उदाहरण दिदै घनश्यामले भने– एमाले ओलीको प्रालि भयो

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुषालले सौराहा महाधिवेशनपछि एमाले केपी ओलीको प्राईभेट कम्पनी भएको वताएका छन् । हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा नेता भुषालले शब्दमा पार्टीलाई कम्पनी भन्न नरुचाए पनि सारमा प्रालि नै भएको स्विकारेका छन्।

‘नेकपा एमाले सौराहा महाधिवेशन पछाडि अध्यक्ष केपी ओलीको प्राईभेट कम्पनी भयो भनेर जव सञ्चार माध्यमहरुले लेख्छन् वा भन्छन् । पार्टी अध्यक्षलाई, वहाँलाई आदर गर्नेहरुलाई चित्त दुख्नु स्वभाविक हो। यी सवै क्रियाकलपले चै एउटा प्रालि जस्तो एमाले देखिन्छ ?’ भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले ओलीको क्रियाकलापले पार्टीलाई प्रालि भन्ने ठाउँ प्राप्त भएको वताए ।

‘वहाँले प्रालि वनाउन चाहानु हुन्छ की चाहानु हुन्न भनेर मैले सोध्या छैन। तर वहाले जे गर्दै हुनुहुन्छ, त्यसले चै प्रालि वनाउन जाँदै हुनुहुन्छ भनेर मान्छेलाई भन्न सक्ने ठाउँ छ’ उनले भनेका छन्–‘एउटा लिष्ट ल्याउने, पढ्ने, अनि हललाई चै ल सप्पै अधिकार वहाँलाई दिउँ भनेर कसैले प्रस्ताव राख्दिने, त्यस वारे प्रस्ताव राख्न मिल्छ की मिल्दैन त्यो पनि छलफल नगर्ने, अनि त्यसपछाडि एउटा कमिटी घोषणा गर्ने, त्यो कमिटीको विरुद्धमा लौ उठ, उठ्न मन लाग्छ भन्देखिन भनेर ब्यक्तिलाई चै छोड्दिने। त्यो ब्यक्तिलाई छोडदिसेपछि पनि यसलाई भोट नदिनु है भनेर सप्पैलाई लेखेर पठाउने। यो तरिका त कम्पनीको तरिका हो, गतिविधिको हिसावले।’

यति भनिसकेपछि ‘तर, चुनाव त भयो फेरी। कम्पनी त रहेनछ।’ भन्दै उनले आफ्नै वचाउ पनि गरेका छन् । ‘कम्पनी–कम्पनी जस्तो, पार्टी–पार्टी जस्तो’ भन्दै भन्दै प्रस्तोताले अझै जोड गरेपछि नेता भुषालले पार्टीमा ठुलै समस्या भएको र त्यसको उत्तर आगामी दिनमा दिनु पर्ने वताएका छन् । ‘हो, यसको हामीले भविष्यमा उत्तर दिनुपर्ने छ। तपाईले उठाएको यो प्रश्न धेरै जटिल प्रश्न हो, धेरै महत्वपुर्ण प्रश्न हो। यसको उत्तर हाम्रा कर्मले, मेरो पार्टीका कर्मले दिनुपर्छ। हामी दिन्छौ।’– उनले भनेका छन् । 

‘अध्यक्ष ज्यूले आफनो कार्यशैलीलाई दलको अध्यक्ष तर्फ लगे भईहाल्यो नी।’ भन्ने प्रस्तोताको भनाईमा नेता भुषालले ‘विधि संगत विधिमा लग्यो भने हुन्छ।’ भनेका छन् । उनले एमाले विधिसंगत विधिमा चलेको पुष्टि गर्न दलाई लामाको उदारण दिएका छन् ।

‘कस्तो हुन्छ भन्देखिन, यो विधिसंगत विधि भनेको। १९६९ तिरको एउटा विधान छ दलाई लामा सरकारको, निर्वाचिन सरकारको। माथि हेर्नुभो भने त्यसमा निर्वाचन हुने छ, के हुनेछ, यो हुनेछ, यो अधिकार हुनेछ, यो सप्पै छ। तल चै के छ भन्दाखरी, हाम्रो होलिनेस, महान हाम्रो दलाई लामाजीले जे भन्नुहुन्छ त्यही नै हुने छ भन्ने अन्तिम छ क्या त्यो चै। अव माथिको हेर्दा विधि–विधि देखिन्छ। हैन, तल्लो लाईनले त्यो सम्पुर्ण विधिलाई उल्ट्याई दिन्छ’ उनले थपेका छन्– ‘त्यसले गर्दा हाम्रा कर्मले नै हामीले भविष्यमा उत्तर दिनुपर्छ। र त्यो अन्तिम लाईन हटाईदिनुपर्छ।’
 

नेकपा एमाले घनश्याम भुषाल

विशेष