माँगेर समाजसेवी वन्न खोज्दा ओईलाएका धुर्मस–सुन्तली
सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली), यो नाम नसुन्ने मानिस सायदै होला। रिल लाईफमा होस वा रियल लाईफमा। अधिकांश नेपालीले आदर, सम्मान र मायाँले लिने नाम हो– धुर्मुश–सुन्तली। रिल लाईफमा उनीहरुको जति चर्चा छ, गरिव दुःखी र समस्यामा परेकाहरुको सहयोगका कारण सामाजिक क्षेत्रमा पनि उनीहरुको चर्चा उत्तिकै छ।
दलहरू सत्ता खिचातानीमा माथापच्ची गरिरहेका बेला खुरुखुरी भुकम्प पीडितका घर वनाएपछि उनीहरुको चर्चा चुलिएको थियो । तर, यतिवेला भने उनीहरुको हौसला जसरी मरेको छ, चर्चा पनि त्यसै गरी थला पर्न थालेको छ।
र यो पनि,
उनिहरुको हौसला र चर्चा थाक्नुमा कारण भने उनीहरु स्वयम् नै हुन । बाहिरी प्रभाव केही छोइन। उनीहरुको चरम महत्वकांक्षा थपिंदै–थपिंदै जाँदा भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालामा पुगेर उदाङ्गो भएको छ।
०७२ सालको महाभुकम्पले कलाकारिता ठप्प भएपछि उनीहरुले एकै पटक सामाजिक काममा हात हाले। समाज सेवामा लागेर उनीहरुले गरेको कामको जति प्रसंसा गरेपनि कमै हुन्छ। भुकम्पको समयमा अमेरिकामा रहेका उनीहरु त्यहाँ रहेका नेपालीले दिएको केही पैसा लिएर काठमाडौँ झेर। उनीहरुलाई समाजसेवा गर्ने जोस यति धेरै चढ्यो की सवैथोक छोडेर गाउँ पसे ।
विदेशमा वसेका नेपालीहरुबाट सहयोग उठाएर उनीहरुले केही एकिकृत बस्ती बसाए । सुरुमा ‘धुर्मुस–सुन्तली एकीकृत बस्ती’ नाम राखेर उनीहरुले गिरानचौरमा बस्ती बनाएपछि देश विदेश सवै तिर त्यसको चर्चा भयो । यो कामले उनीहरुलाई थप सहयोग रकम आउन थाल्यो। त्यसपछि उनीहरुले पहरी बस्ती, महोत्तरीको बर्दिबासमा एकीकृत बस्ती र रौतहटको सन्तपुरमा एकीकृत नमुना बस्ती बनाए ।
सन्तपुर बस्ती बनाउँदा ५ करोड ९५ लाख सहयोग उठेको र ५ करोड ५४ लाख खर्च भएको धुर्मुस–सुन्तली फाउण्डेशनको विवरणमा उल्लेख छ । मुसहर बस्ती बनाउन ७ करोड ६३ लाख सहयोग उठेकोमा ५ करोड ४ लाख खर्च भएको र गिरानचौर बस्तीका लागि ६ करोड १८ लाख रुपैयाँ संकलन भएको र त्यसमध्ये ५ करोड १३ लाख रुपैयाँ खर्च भएको विवरण फाउण्डेशनमा छ ।
पहरी बस्ती बसाल्न ६७ लाख २० हजार सहयोग उठेको र यो रकम सबै खर्च भएको बताएको छ। यसरी सहयोग उठाएर ४ वटा प्रोजेक्ट सफलतापुर्वक सम्पन्न गरेपछि उनीहरुमा महत्वकांक्षा वढ्दै गयो।
नमूना बस्ती बनाएपछि ‘समाजसेवी’ भईएको र अर्कोतिर नेपालमा क्रिकेटको उच्च प्रशंसा भईरहेको समयमा उनीहरुले एकै पटक भरतपुरमा अरवौंको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला वनाउने योजनामा हात हाले । सवैभन्दा ठुलो अपेक्षा गरिएको उनीहरुको यही प्रोजक्ट भने असफल भयो। रंगशाला अहिले उनीहरुका लागि निल्नु न ओकल्नु भएको छ। प्रोजेक्ट असफल भएपछि उनीहरु नत कलाकारितामा फर्कन सकेका छन् नत समाजसेवालाई नै निरन्तरता दिन सक्ने अवस्थामा छन् ।
०७५ माघ १६ गते भरतपुर महानगरसँग सम्झौता गरी सुरु गरिएको तीन अर्व हाराहारीको रंगशालाका निर्माण गर्न जुन परिमाणमा रकम संकलन हुने अपेक्षा गरिएको थियो, त्यो अनुपातमा रकम संकलन हुन नसकेपछि उनीहरु चेपुवामा परेका छन् ।
हालसम्म रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको छ भने ५४ करोड ६२ लाख २१ हजार खर्च भइसकेको छ । १७ करोडभन्दा बढी ऋण तिर्न बाँकी छ। करिव ५ महिनादेखि निर्माणको काम समेत अवरुद्ध छ। यसैविचमा भरतपुर महानगरपालिकाले हस्तक्षेप गरेपछि धुर्मुस–सुन्तली रङ्गशालाका निर्माणको कामबाट हात झिक्ने अवस्थामा पुगेका छन् ।
महानगरले फाउण्डेशनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न दवाव दिएपछि फाउण्डेशनले स्वामित्व लिनका लागि महानगरलाई आग्रह समेत गरिसकेको छ।
धुर्मुस–सुन्तली मात्रै होईन, भूकम्पपछि नेपालमा देश–विदेशबाट चन्दा लिएर समाजसेवा गर्नेको ओईरो लाग्यो । अरुबाट पैसा उठाउने अनि सामाजिक अभियन्ताका नाममा फोटो खिचाउँदै हिड्ने हिड्नेहरुका कारण समाजसेवाको परिभाषा नै वदलियो।
त्यसरी आफूलाई सामाजिक अभियन्ता तथा समाजसेवीका रुपमा चिनाउँदै आएका अनि चर्चा र विवादमा आइरहने व्यक्तिहरुमा ज्वाला संग्रौला, हेमराज थापा, जेरी ताम्राकार, हिमाल उपाध्याय, पुण्य गौतम लगायतका पनि थिए ।
माथि उल्लेखित व्यक्तिहरुले समस्यामा परेका धेरैलाई सहयोग पनि गरेका छन्। गरिबी, बेरोजगारी, राजनीतिक अस्थिरता, भ्रष्टाचार जस्ता कारणले राज्यप्रति नागरिकहरुको असन्तुष्टि वढिरहेका वेला तीनै कुरालाई आफ्नो एजेण्डा बनाउँदा मान्छेहरु आकर्षित हुने नै भए ।
तर, त्यसले समाजसेवा भन्दा विकृती वढि देखिएपछि विदेशमा भएका नेपाली युवा पनि सचेत हुँदै गए। अहिले सवैको समाजसेवा प्रायः अवरुद्ध छ। अन्य कुरालाई छोडेर विशुद्ध मागेरै समाजसेवा गर्ने महत्वकांक्षाकै कारण सुर्मुस–सुन्तली पनि ओईलाएका छन् । अव उनीहरु यसपछि के गर्छन त्यो भने हेर्न वाँकी छ।
यो पनि
धुर्मुश–सुन्तलीलाई महानगरको दबावः रंगशालाको स्वामित्व वुझाउन तागेदा
र यो पनि,
धुर्मुस–सुन्तली