कांग्रेसको पहिलै वैठक शेखर कोईरालाद्वारा वहिस्कार, सुरु भयो नयाँ समस्या
सभापतिमा पराजित भएका कांग्रेस नेता शेखर कोईरालाले पार्टीको पहिलो वैठक वहिस्कार गरेका छन् । उनी निकट एक नेताका अनुसार कोइरालाले आज वसेको केन्द्रीय समितिको वैठक बहिष्कार गरेका हुन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि पार्टीमा देखिएको वरीयता सम्बन्धित विवादका कारण उनले वैठक वहिस्कार गरेको जनाईएको छ। कांग्रेसमा कसलाई कुन वरीयतामा राख्ने भन्ने नियम नभएका कारण कुन नेतालाई वरिष्ठ नेतालगायतको वरीयतामा राख्ने भन्ने निर्णय सभापतिमा निर्भर रहन्छ।
देउवाले रामचन्द्र पौडेललाई केन्द्रीय सदस्य मनोनीत गर्दै वरिष्ठ नेता बनाउन चाहेका छन्। पौडेल यो महाधिवेशनको प्रक्रियाभन्दा बाहिर थिए । सभापतिमा दोस्रोपटक आफूलाई सहयोग गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरूङ र सभापतिमा पहिलेदेखि नै समर्थन गरेका कृष्णप्रसाद सिटौलालाई केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी देउवाको छ। कांग्रेस विधानअनुसार सभापतिमा पराजित व्यक्ति स्वतः केन्द्रीय सदस्य हुन्छ। जसअनुसार शेखरलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरिराख्नुपर्दैन।
शेखरले यही वरीयता चाहिन्छ भनेर अडान भने औपचारिक रूपमा नराखेको नेताहरु वताउँछन् । तर सभापति देउवा र रामचन्द्र पौडेलभन्दा पछि तेस्रो वरीयतामा शेखरलाई राख्नुपर्ने उनको माग छ।
शेखरलाई १४ औं महाधिवेशनबाट निर्वाचित १३ पदाधिकारीपछि १४ औं वरीयतामा राख्ने कुरा भए पनि वैठकका उनको वरीयता २० नम्बरमा परेको थियो । रामचन्द्र पौडेल लगायतलाई मनोनीत गरेपछि झन् शेखरको वरीयता तल जाने सम्भावना देखिएको नेताहरु नै वताउँछन् ।
अहिले सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, आठ सहमहामन्त्रीपछि यो केन्द्रीय समितिमा रहेका पूर्वपदाधिकारीलाई राखिएको छ।
१३ औं महाधिवेशनमा शेखरको वरीयता ३६ औं नम्बरमा थियो। तर, त्यसवेला सभापतिमा हारेकालाई वरिष्ठ नेता मान्ने परम्परा थियो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय निर्वाचन समितिले सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ जनालाई निर्वाचित भएको प्रमाणपत्र दिएलगत्तै देउवाको अध्यक्षतामा पहिलो केन्द्रीय समिति बैठक बसेको थियो।
शेखर कोईराला नेपाली काँग्रेस वरीयता विवाद