News अपराध सुरक्षा

दिवंगत एसएसपीकी श्रीमतीको भावुक स्ट्याटस, प्रहरीको नेतृत्वमाथि प्रश्न

दिवंगत एसएसपीकी श्रीमतीको भावुक स्ट्याटस, प्रहरीको नेतृत्वमाथि प्रश्न

आफनै सरकारी निवासमा शुक्रवार झुण्डिएको अवस्थामा फेला परेका संघीय प्रहरी इकाई भैरहवाका एसएसपी सुशीलकुमार यादवको मृत्युपछि प्रहरी संगठनप्रति नै प्रश्न उठ्न थालेको छ।

उनको मृत्यु हुनासाथ उनीमाथि विभागिय कार्वाही हुँदै गरेको कुरा वाहिरिएको थियो। प्रहरी प्रधान कार्यालय श्रोतका अनुसार अपहरणकारीलाई रिहाई गरेको घट्नामा उनीसहित तत्कालिन २० प्रहरी कारवाहीमा परेका थिए । जसमा ५ जना अवकास भएका छन् । संगठनले यादवलगायत १५ जना वहालवाला प्रहरीलाई कारवाही सुरु गर्न लागेको जनाईएको छ।

मृतक यादव पत्नि रुपमकुमारी यादवले पनि उनी प्रहरी संगठनवाटै पीडित रहेको संकेत गरेकी छिन् । उनले शुक्रवारै फेसवकुमा लेखेकी छिन्–‘युग भले ही, कलयुग है... मगर जीत, आज भी सत्य की ही होती है!’ उनको यो प्रतिक्रियाले मृतक यादव निर्दोश थिए र उनीमाथि षडयन्त्रपुर्वक कुनै असत्य कुराको बोझ वोकाईएको थियो भन्ने स्पष्ट अनुमान गर्न सकिन्छ।

यतिमात्र होईन, अवकास प्राप्त नेपाल प्रहरीका एसएसपी राजेन्द्र विष्टले पनि उनको मृत्युमा संगठनका उच्चपदस्थ अधिकारीहरु जिम्मेवार रहेको संकेत पाईन्छ। उनले पनि सामाजिक सञ्जाल मार्फत आफनो प्रतिक्रिया दिएका छन् । फेसवुकमा उनी लेख्छन्–‘कसको बारेमा के भनु तर कता कता सुशील यादव साबको घटनाले लेख्न मन लाग्यो। नेत्रृत्वले गर्दा धेरै सुसिल यादबहरु लटकिराखेका छन जिउँदै। हार्दिक श्रन्द्धान्जली।’

प्रहरी स्रोतकै अनुसार पनि मृतक यादवसोझा र इमान्दार प्रहरी मानिन्थे। उनलाई वढुवाको आस्वासन दिएर पनि रोकिएको थियो । एक महिनापछि नै सेवा निवृत्त हुन लागेका यादवलाई इमान्दार भएकै कारण अन्य ब्याजीले उछिनेका थिए । प्रायः सवै ब्याजीको वढुवा हुँदा पनि उनको वढुवा रोकेर राखिएको थियो । 

यादवलाई नजिकबाट चिनेजानेकाहरुका अनुसार बढुबाकै काराण पनि उनी तनाब रहन्थे। त्यसमाथि आफ्नो संलग्नता नै नभएको आरोपमा कारवाही भोग्नु परेपछि उनले आत्महत्याको वाटो लिएको हुन सक्ने अनुमान गर्न थालिएको छ। यद्यपी एसएसपी यादवले आत्महत्या नै गरेको हो भन्ने पुष्टि अहिलेसम्म भएको छैन। प्रहरीले उनको मृत्युका विषयमा सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।

जानकारी अनुसार अपहरण तथा शरीर बन्धक घटनामा संलग्न अमर टण्डनलाई उन्मुक्ति दिएको आरोपमा यादवसहितका प्रहरी अधिकारीमाथि कारबाही प्रक्रिया सुरु भइसकेको थियो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपी भीम ढकालको संयोजकत्वमा वनेको छानविन समितिले यादवसहित बहालवाला १५ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो। 

०६४ माघ २९ गते टण्डनको समूहले बुटवलका ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण गरेको घट्नामा अपहरणकारीलाई उन्मुक्ति दिन पूर्व आईजीपी ठाकुर ज्ञवालीसहित २० प्रहरीको संलग्नता देखाएको छ। जसमा तत्कालीन प्रहरी नायव उपरीक्षक जगतमान श्रेष्ठ, प्रहरी निरीक्षक नवीन क्षेत्री, तत्कालीन डीएसपी (पूर्व आईजीपी) ठाकुरप्रसाद ज्ञवाली, तत्कालीन प्रहरी निरीक्षक सोमबहादुर थापा र डीएसपी राजकुमार बैदरवारले अवकाश पाइसकेका छन्। 

तर बाँकी १५ जनालाई विभागीय कारबाही गर्न समितिको सिफारिस छ। समितिले तत्कालीन डीएसपी सुशीलकुमार यादव (हाल एसएसपी), एसपी दानबहादुर कार्की, एसएसपी कृष्णकुमार महत, एसएसपी दीपक थापा, एसपी दिनेशकुमार आचार्य, एसपी दिलिप घिमिरे, एसपी महेन्द्र खड्का, एसपी मुकुन्द मरासिनीलाई कारबाही गर्न सिफारिस गरेको थियो। 

यो पनि

एनसेल प्रकरणमा अर्को खुलासाः नेतृत्वबाटै यौन उत्पीडन भएको आरोप

सुशीलकुमार यादव

विशेष