News

पार्टीको कार्यक्रममा सहभागी हुन विद्यालय बन्द

पार्टीको कार्यक्रममा सहभागी हुन विद्यालय बन्द

बझाङको छविसपाथिभेरा गाउँपालिका ०७ स्थित मजखोरी माध्यामिक विद्यालयका प्रधानाध्यापक जनक बोहराले पार्टीको कार्यक्रममा सहभागि हुन विद्यालय नै बन्द गरेका छन् । शुक्रबार एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रममा सहभागि हुनुपर्ने भन्दै प्रधानाध्यापक बोहराले विद्यालय बन्द गरेका हुन् । 


प्रधानाध्यापक बोहराले विद्यार्थीलाई शुक्रबार विद्यालय नआउन निर्देशन गरेको एकजना शिक्षकले नेपाल आजसँग बताए । ‘शुक्रबार सञ्चालन गर्नुपर्ने अतिरिक्त क्रियाकलाप अन्तर्गतको हाजिर जवाफ कार्यक्रम विहिबार नै आयोजना गरेर विद्यालय बन्द गरियो । प्रधानाध्यापकले विद्यार्थीलाई विद्यालय नआउन भनेका रहेछन् । हामी केही शिक्षकहरु विद्यालय पुग्दा प्रधानाध्यापक सहित केही शिक्षक र सम्पुर्ण विद्यार्थी नआएपछि के भएछ भनेर बुझ्दा छुट्टी दिइएको रहेछ ।’ ति शिक्षकले भने । 

(विद्यालय बन्द गरेर शिक्षक संगठनको कार्यक्रमको तस्बिर सार्वजनिक गर्दै प्रअ)


प्रधानाध्यापक बोहरा सहित शिक्षकहरु गोविन्द धामी, गजेन्द्र जप्रेल, कलक मण्डेल विद्यालय बन्द गरेर पार्टीको कार्यक्रममा सहभागि हुन गएको बताइएको छ । यसबारेमा प्रधानाध्यापक जनक बोहरासँग प्रतिक्रिया लिन खोज्दा उनको मोबाईलमा सम्पर्क हुन नसकेकाले प्रतिक्रिया लिन सकिएन । 

मजखोरी माध्यामिक विद्यालयको शैक्षिक प्रशासन सञ्चालन गर्न नसक्ने भन्दै प्रधानाध्यापक बोहराले आफु असक्षम भएको बताउँछन् । केही साताअघि मिडियासँग आफु असक्षम प्रअ भएकाले राजिनामा दिन लागेको बताएका थिए । 

पार्टीको कार्यक्रममा सहभागि हुन विद्यालय बन्द किन गरियो भन्ने विषयमा बुझ्न खोज्दा गाउँपालिका अन्तर्गतको शिक्षा शाखा प्रमुख हरिचन्द्र कठायत सम्पर्कमा आउन चाहेनन्। 


विद्यालयको व्यवस्थापन, अनुगमन, सञ्चालन तथा नियन्त्रण गर्ने जिम्मेवारी पाएका शिक्षा शाखा प्रमुख आफ्नो जिम्मेवारीप्रति उनुत्तरदायी भएको स्थानियको आरोप छ । 


'गतिछाडा' प्रधानाध्यापकलाई अश्लिल गाली गर्न शिक्षा प्रमुखको समर्थन

एउटा खातेले गैरजिम्मेवार ढङ्गले चरित्र हत्या गरेको रैछ । यदि साँचो हो भने हामी सजाय भोग्न तयार, तर झुटा भए त्यो ...जी (अस्लिल गाली) ‘गु’ खान तयार हुनेकी नहुने? खाते साला याद राख ।’

सामाजिक सञ्जाल फेसवुकमा लेखिएको यो वाक्य कुनै अवुझ, अज्ञानी, अनपढ र भैसी गोठालोले लेखेको होईन । यस्ता गोठाले शब्द प्रयोग गरेर स्ट्याटस लेख्ने ब्यक्ति हुन– बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ स्थित मजखोरी माध्यामिक विद्यालयका हेडशिक्षक (प्रधानाध्यापक) जनक वोहरा । 

उनले नेपाल आज डट कममा मंसिर १४ गते प्रकाशित भएको ‘असक्षम प्रधानाध्यापक राजिनामा दिँदै, कुम्ल्याएको रकम समेत फिर्ता गरिदिने’ शिर्षकको समाचार वडाध्यक्षले सेयर गरेको भन्दै वडाध्यक्षलाई मुख छोडेर गाली गरेकाछन् ।

अव प्रश्न उठ्छ, जो ब्यक्ति आफै समाजले पचाउनै नसक्ने शब्द प्रयोग गर्दै हिड्छ, सामाजिक सञ्जालमा लेख्छ । त्यो ब्यक्तिले विद्यार्थीलाई दिने शिक्षा कस्तो हुन्छ ? अझै भनौ आफु अन्तरगत रहेर काम गरिरहेका शिक्षकलाई के सिकाउँछ? विद्यालयको वातावरण कस्तो होला, विद्यार्थीहरु कस्तो वातावरणमा हुर्किरहेका छन् र उनिहरुको शिक्षा कस्तो छ?

वडाध्यक्षलाई सामाजिक सञ्जाल फेसबुकमा अश्लिल गालि गर्ने प्रधानाध्यापक बोहरालाई नियामक निकाय छविस पाथिभेरा गाउँपालिका, गाउँ शिक्षा समिति तथा गाउँपालिका अन्तर्गतको शिक्षा शाखाले कुनै कारबाही गरेको छैन । 

गाउँपालिकाको शिक्षा शाखा प्रमुख हरिचन्द्र कठायतले प्रधानाध्यापक बोहरालाई अश्लिल गाली गलौज गर्न समर्थन गरेको स्रोतको दाबी छ । ‘गाउँपालिकामा हामी छौँ । वडाध्यक्षलाई तह लगाउन जे गर्दा पनि तपाईलाई केही हुन दिदैँनौ । मिडियाले लेख्दैगर्छ तपाईलाई साथदिन गाउँपालिका तयार छ ।’ भन्दै शिक्षा शाखा प्रमुख कठायतले प्रधानाध्यापक बोहरालाई उक्साएको स्रोतले बताएको छ । 


यसबारे गतिछाडा प्रधानाध्यापकको हर्कतः फेसवुक भरी अस्लिल गाली ! शिर्षकको समाचार संकलनको क्रममा मंसिर २६ गते गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिचन्द्र कठायतलाई प्रश्न गर्दा प्रअको फेसवुक स्ट्याटस हेरेको वताएका थिए । उनले एउटा शिक्षक जस्तो जिम्मेवार ब्यक्तिले त्यसरी गालिगलौज गरेर फेसवुकमा लेख्नु गलत भएको वताएका थिए । 


प्रअको फेसबुक स्टाटस गलत भएको बताउने शिक्षा शाखा प्रमुख कठायत अहिले भने हामीसँग सम्पर्कमा आउन चाहाँदैनन् । उनको ९८५११८..२ नम्बरको मोबाईलमा बारम्बार फोनगर्दा पनि उठाएनन् ।

प्रधानाध्यापक जनक बोहरा अस्लिल गाली हरिचन्द्र कठायत

विशेष