मन्त्री झाँक्रीले किन इन्जिनियरिङ पेशाकै मजाक उडाईन ?
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ढलको विर्को मिलाउन नजानेको भन्दै इन्जिनियरहरुको मजाक उडाएकी छिन् । उनले ‘हाम्रा गाउँका सुब्बा दाईको जत्तिको पनि इन्जिनियरिङ गर्दा रैनछन्’ भन्दै इन्जिनियरहरुको आलोचना गरिन् ।
पुस ९ गते सत्तारुढ दलनिकट इन्जिनियरहरूको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले ‘इन्जिनियरहरको यो हालत छ’ भन्दै इन्जिनियरिङ पेशा प्रति नै ब्यंग्य गरेकी छिन् । सत्तारुढ दलहरू माओवादी, नेकपा एकिकृत समाजवादी र जनता समाजवादीनिकट इन्जिनियहरूको संयुक्त उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले भनिन्–‘हाम्रो देशका इन्जिनियरले जसरी फिनिसिङ गर्नुुहुन्छ नि, त्यसरी नै सर्जनले अपरेसन गरे भने के होला ?’
उनले विगतमा आफु दुई पांग्रे स्कुटर चढेको र कालगतीले मन्त्री वनेपछि अढाई महिना गाडि चढेको पनि सुनाईन। ‘अहिले म सन्जोगले सहरी विकास मन्त्री भएँ। मलाई जहिले पनि लाग्ने विषय के थियो भने, हाम्रो देशका इन्जिनियरहरुले जसरी काममा फिनिसिङ गर्नु हुन्छ नी ? त्यसैगरी डाक्टरले गर्यो भने के हुँदो होला। एउटा सर्जनले भन्ने चै लागि हाल्छ’ उनले भनिन्–‘कारण के होला थाहा छ ? कारण के हो भने म यो मन्त्री हुनु भन्दा अगाडि स्कुटर चढ्थें, दुई पांग्रे। यो कालगतीले कहाँवाट के–के वनाएर यहाँ मन्त्री वनाईदियो। अहिले गाडि नै चढिराछु, अहिले साढे दुई महिना।’
तर, स्कुटर चढ्दा ढलको विर्कोले जहिलै दुःख दिएको उनले स्मरण गरिन। ‘म स्कुट चढ्ने मान्छेलाई ढलको विर्कोले जहिले दुःख दियो। पटक–पटक मँ लडें। त्यसकारण यो देशका इन्जिनियरहरु ढलको विर्को मिलाउने दिन कहिले आउला ? मेरो ब्यवसायीक चुनौती हो’ भन्दै उनले इन्जिनियरहरुलाई चुनौती नै दिईन।
मन्त्री निवास निर्माणको अवलोकनमा जाँदा त्यहाँ पनि इन्जिनियरहरुको काम देखेर आफुले सल्लाह दिएको उनले सुनाईन। ‘मन्त्री निवास नयाँ वन्दै गरेको हेर्न जाँदा, मन्त्री निवासका कोठमा, चोटामा। कोठै–कोठा, विमै–विम देखें। अनि मैले भनें की, इन्जिनियरहरुले ढलका विर्का मात्रै मिलाउने रैनछन की हाम्रा गाउँका सुब्बा दाईले जत्तिको पनि इन्जिनियरिङ गर्दारैनछन्, कुना–कुना निकाल्दा रछन्। यो कुना मिलाउनोस साथीहरु भनें मैले’ उनले थपिन–‘त्यसकारण इन्जिनियरहरको यो हालत, यो दक्षता यो अवस्थामा सुधार गरौं।’
उनले आफुलाई खरिद सरिदका कुरा चै नजानेकाले कुरा पनि नगर्ने वताईन। ‘अव म वाँकी खरिद–सरिदका गफ गर्दिन। जान्दा पनि जान्दिन, गर्दानी गर्दिन। हो, यो कुरा मिलाउनुपर्च। ढलका विर्का मिलाएर जुन दिन इन्जिनियरहरु आउनेछन् हाम्रो अगाडि, हामी जस्ता इन्जिनियर नभएका मान्छेहरुलाई त्यतिवेला चुनौती हुनेछ। ढलको विर्को मिलेन भने हामी जस्ता हुम्यानिटिज पढेकाले गफ गरिरहने दिन आउँने छ। त्यस कारण यो चै मिलाउँ भन्छु मँ।’
रामकुमारी झाँक्री इन्जिनियर