News राजनीति

माओवादी महाधिवेशनः प्रचण्डले कुटेजस्तो गरे, मातृकाले रोए जस्तो गरे

माओवादी महाधिवेशनः प्रचण्डले कुटेजस्तो गरे, मातृकाले रोए जस्तो गरे

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आईतवार काठमाडौंमा सुरू भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशनको उद्घाटन भएको हो।

माओवादीले महाधिवेशन उद्घाटन कार्यक्रममा अन्य दललाई पनि निम्ता गरेको छ। तर, सवैभन्दा रोचक प्रस्तुती भने माओवादी नेताहरुले दिएका छन् । नेताहरुको प्रस्तुतीले ‘म कुटेजस्तो गर्छु, तँ रोए जस्तो गर’ भन्ने नाटकलाई रोचक ढंगले प्रस्तुत गरेका छन्।

महाधिवेशनलाई सम्वोधन गर्दै नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य मातृका यादवले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिम्मेवारी छोड्छु भनेर धर नपाउने बताएका छन्। यादवले स्थापित नेतृत्वलाई हटाएर केही जान्दै नजानेको व्यक्तिलाई नेता बनाउने पुँजीवादीहरूको कुरा भएको बताए।

केही दिनअघि प्रचण्डले आफूलाई राजनीति छोडेर संस्मरण लेख्न मन भए पनि साथीहरूले नदिएको बताएका थिए भने पुस ८ गते एउटा अन्तरवार्तामा दाहालले भनेका थिए–‘व्यक्तिगत रुपले त भन्नुहुन्छ भने मलाई यत्रो बस्नुभन्दा अब रिटायर भएर संस्मरण लेख्न पो राम्रो छ। तर मैले अहिले जुन दस्ताबेज बनाउँदै छु, मलाई विश्वास छ राष्ट्रिय सम्मेलनले त्यसमा गर्व गर्नेछ र नेतृत्वप्रति गर्व गर्नेछ।’ 

अध्यक्ष दाहाल र नेता यादवको कुरा सुन्दा ‘म कुटेजस्तो गर्छु, तँ रोएजस्तो गर’ भन्ने नाटकलाई पुष्टि गरेको राजनितिक विश्लेषकहरु वताउँछन् । ‘पहिलो कुरा त प्रचण्डले जिम्मेवारी छोड्ने इच्छा भएर त्यसो भनेकै होईन। वर्षौसम्म नेतृत्व ओगटेर वसेको आरोप लाग्न थालेपछि लाज पचाएको मात्रै हो’ उनीहरु भन्छन्–‘यादवको अभिब्यक्ति चै प्रचण्ड प्रतिको भक्तिभाव हो। लाग्छ उनले नै प्रचण्डलाई पार्टीमा थेगेर राखेका छन्।’

पार्टी प्रणालीमा अवकास लिन चाहे कसैले रोकेर रोक्न नसक्ने उनीहरुको तर्क छ। तर, नेता यादवले भने प्रचण्डलाई ‘जसरी पनि नेतृत्व लिनु पर्छ’ पनि भन्ने मनसायले अभिब्यक्ति दिए ।

‘क्रान्तिको नेतृत्व न एज (उमेर) ले गर्न सक्छ न फेस (अनुहार)ले, समाजको अन्तरविरोध बुझेर जसले समाधानको बाटो दिन सक्छ त्यसले गर्न सक्छ,’ यादवले भने,‘अध्यक्ष कमरेडले अहिले छोड्छु भनेर पनि धर पाउनु हुन्न।’

उनले माओ त्सुङले अन्तिमसम्म नेतृत्व गरेको भन्दै प्रचण्डले पनि क्रान्तिलाई बीच बाटोमा छोडेर जान नमिल्ने तर्क गरे। उनले भने–‘पत्रकारले सोधे पनि अब छोड्न चाहन्छु नभन्नुहोला। छोड्छु भनेपछि साँच्चै छोडौं, छोडौंजस्तो लाग्छ।’

नेकपा माओवादी केन्द्र

विशेष