News Technology

संसारका खराव कम्पनीको सूचिमा पहिलो बन्यो फेसुवक

संसारका खराव कम्पनीको सूचिमा पहिलो बन्यो फेसुवक

याहू फाइनान्सले सार्वजनिक गरेको सन २०२१ को खराब कम्पनीहरूको सूचीमा मेटा सर्वाधिक खराब कम्पनीको शीर्षस्थानमा परेको छ।

याहू फाइनान्सले हरेक वर्ष झै यो पटक पनि संसारका उत्कृष्ट र खराब कम्पनीहरूको सूची सार्वजनिक गर्दा फेसबुकको मातृ कम्पनी मेटा सवैभन्दा खरावको सुचीमा परेको हो ।

सन् २०२१ मा विभिन्न कम्पनीहरूको प्रदर्शन खराब रह्यो । त्यसमध्ये फेसबुकको पर्फमेन्स यतिधेरै खराब भयो कि उसले आफ्नो नाम समेत बदल्नु प¥यो । डाटा प्राइभेसीका विषयमा फेसबुकले ठूलै बदनामी खेप्नुप¥यो जसका कारण कम्पनीको रेटिंग पनि खराब भएको छ ।

सबैभन्दा खराब कम्पनीको रुपमा फेसबुकले ५० प्रतिशत भन्दा धेरै भोट प्राप्त गरेको रिपोर्टमा उल्लेख छ । यसको प्रमुख कारण भनेका समय समयमा कुनै न कुनै डाटा लिकका काण्डमा फेसबुकको नाम जोडिनु भएको जनाईएको छ।

इन्स्टाग्राम र फेसवुकका विषयमा मेटाविरुद्ध विभिन्न मुद्दा परेका छन् । सर्भेक्षणमा सहभागी ३० प्रतिशत मानिसहरूले डाटा लिक गर्ने काण्डमा फेसबुक जरिवाना दिएर बँच्नसक्ने आशंका व्यक्त गरेका छन् । फेसबुकले धेरै कुरा बुझेको र आगामी दिनको प्रभावबाट बँच्नका लागि आफैंलाई रिब्राण्ड गरेको आम मानिसको भनाइ छ ।

माइक्रोसफ्ट २ ट्रिलियन डलर मूल्यसँगै सबैभन्दा उत्कृष्ट कम्पनी बनेको छ ।

विशेष