News बैंकिङ

६९ दशमलव ७७ अंकले अंकले घट्यो नेप्से 

६९ दशमलव ७७ अंकले अंकले घट्यो नेप्से 

साताको दोस्रो दिन सेयर बजार ६९ दशमलव ७७ अंकले घटेर २५२१ दशमलव ६५ को विन्दुमा झरेको छ। 

८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८२ वटा कम्पनीको घटेको छ। दिनभरीमा २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६० करोड ७४ हजार ३९ हजार ६७० रुपैयाँको सेयर कारोबार भएको छ।

सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ। बैंकको ३० करोड ६० लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्टको २६ करोड २७ लाख १२ हजार, नेपाल लाइफ इन्स्युरेन्स कम्पनीको २४ करोड ९७ लाख ९७ हजार, हिमालय डिष्टिलरीको २१ करोड ४१ लाख १९ हजार र महालक्ष्मी विकास बैंकको १८ करोड ३५ लाख ६५ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी गोर्खाज फाइन्नास र मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन्। जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८ दशमलव ५४ प्रतिशतले गुमाएका छन्।

विशेष