News ओटोमोबाइल

नयाँ वर्षदेखि भारततमा कार र बाईकको मुल्य वृद्धि, असर नेपालमा

नयाँ वर्षदेखि भारततमा कार र बाईकको मुल्य वृद्धि, असर नेपालमा

भारतमा सन २०२२ को सुरुवातवाटै सवारी साधनको मुल्य वढ्ने भएको छ।  प्रायः कार तथा बाइक निर्माण कम्पनीले आफ्नो उत्पादनको मूल्य बढाउने घोषणा गरेका छन्।

मारुती सुजुकीले उत्पादन लागत बढेसँगै कम्पनीद्वारा उत्पादित गाडीको मूल्य बढाउनुपर्ने कारण देखाएको छ भने भारतको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे सवारी निर्माण कम्पनी हिरो मोटोकर्पले बाइक तथा स्कुटरको मोडलको मूल्य बढाउँदैछ। कम्पनीले कच्चा सामग्रीको मूल्यदर लगातार बढेको उल्लेख गर्दै बाइक र स्कुटरको मूल्य परिमार्जन गर्नुपरेको बताएको छ। 

टाटा मोटर्सले विद्युतीय गाडीहरूको मूल्य बढाउने जनाएको छ भने डुकाटी इन्डियाले जनवरी १ तारिखदेखि लागु हुनेगरी आफ्नो सम्पूर्ण मोडल तथा भेरियन्टको मूल्य बढाउँदै छ।  लक्जरी कार निर्माण कम्पनी औडी इन्डियाले हरेक मोडलको मूल्यमा ३ प्रतिसतले मूल्य बढाउने बताएको छ। 

टोयोटाले कच्चा सामग्रीको मूल्य वृद्धिसँगै गाडी निर्माण लागत बढेको र यसै कारण उत्पादनको मूल्य बढाउने उल्लेख गरेको छ। कवासाकीले पनि आफ्नो मोडलहरूको मूल्य बढाउँदैछ। कम्पनीले गत अगस्टमा आफ्नो केही मोडलका बाइकहरूमा मूल्य वृद्धि गरेको थियो। यस पटक भने कम्पनीले सम्पूर्ण मोडलमा मूल्य वृद्धि गर्दैछ। 

सिट्रोन इन्डिया, स्कोडा र फक्सवागन कम्पनीले पनि गाडीको मूल्य बढाउने छन्। भारतमा गाडीको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रतक्ष असर देखिनेछ। किनकि नेपालमा प्रायः ब्रान्डले भारतमा निर्मित र उत्पादित गाडी नेपाली बजार भित्र्याइरहेका छन्।
 

विशेष