News स्वास्थ्य

वर्षमै दुईटा मेडिकल कलेज खरिद गर्ने सुनिल शर्माको यस्तो धन्दा !

वर्षमै दुईटा मेडिकल कलेज खरिद गर्ने सुनिल शर्माको यस्तो धन्दा !

कोरोना महामारीका कारण ब्यवसायमा घाटा लागेको भन्दै मेडिकल कलेजका सञ्चालकहरु पाखा लाग्दै गर्दा नोवेल शिक्षण अस्पतालवाट मेडिकल क्षेत्रमा हात हालेका डा. सुनिल शर्मा भने एक पछि अर्को मडिकल कलेजमा हात हाल्दै गएका छन् । हात हाल्ने मात्रै होईन अधिकांश मेडिकल कलेजमा उनी सवै भन्दा वढि लगानी गर्ने शेयरधनीका रुपमा भित्रदै छन् ।

डा. सुनिल शर्माले अहिले झण्डै आधा दर्जन मेडिकल कलेजका लगानी गरिसकेका छन् । गत वर्षको भदौ महिनामा काठमाडौं मेडिकल कलेजको ४७ प्रतिशत सेयर किनेर अध्यक्ष बनेका शर्माले पछिल्लो समय नेपालगञ्जस्थित मेडिकल कलेजमा ४४ प्रतिशत सेयर खरिद गरेका छन् । यो प्रकरणले मेडिकल कलेजमा पुराना भनेर चिनिएका लगानीकर्ता बाहिरिने क्रम बढेसँगै राजनीतिक पहुँच बलियो भएका र कुण्डले÷मुन्द्रेको नेतृत्व गर्न सक्ने लगानीकर्ताहरु भित्रन थालेको देखाएको छ।

शर्माको यो रफ्तार असामान्य मात्रै छैन आश्चर्य जनक नै छ। शर्माको अप्रत्यासित प्रगति र उनी माथि लाग्ने आरोपका कारण त्यस क्षेत्रका कतिपय जानकारहरुले उनलाई मेडिकल माफिया नै भन्न थालेका छन् । 

डा. शर्मासँग अहिले अहिले ३ वटा मेडिकल कलेजका मुख्य लगानीकर्ता हुन् । बिराटनगरको नोबल मेडिकल कलेज, काठमाडौंको काठमाडौं मेडिकल कलेज र नेपालगञ्ज मेडिकल कलेजमा उनी मुख्य लगानीकर्ता हुन।

बिराटनगरका डा. शर्मा नोबल कलेजमा मेडिकल कलेजको लाइसेन्स दिलाउने सर्तमा ५ प्रतिशत सेयरसहित प्रवेश गरेका थिए । तत्कालीन समयमा बिराटनगरका डाक्टर ज्ञानेन्द्र गिरीको समूहले मेडिकल कलेज चलाउने तयारी गरेको थियो । तर, मेडिकल कलेजको अनुमति भने पाएको थिएन । नेपाली कांग्रेस त्यसमा पनि कोइराला परिवारसँग नजिक रहेका डा. शर्माको नोबलमा प्रवेशसँगै नोबेलले काठमाडौं विश्वविद्यालयबाट मेडिकल कलेजको लाइसेन्स पायो । शर्माले कलेजलाई लाइसेन्समा दिलाएनन्, विवाद पनि सँगै लिएर छिरे।

डा. शर्माको मातहतमा नोबल मेडिकल कलेज नआउँदासम्म विभिन्न खाले विवाद भए । डा. शर्मालाई साझेदारलाई तत्कालीन माओवादी निकट वाइसिएलको सहयोगमा अपहरण गरेको समेत आरोप समेत लाग्यो । उनले वाईसिएल लगाएर डा. ज्ञानेन्द्र कार्कीलगायतका लगानीकर्तालाई कुटाएर कलेजको सम्पुर्ण स्वामित्व आफनो हातमा लिए।

नोबल कलेजका साझेदारलाई हटाउन सफल भएपछि उनी एकाएक मेडिकल क्षेत्रमा उदाए । आर्थिक अवस्था अकल्पनिय रुपमा वढ्दै गयो। मेडिकल कलेज सञ्चालन गरेर अर्बपति व्यवसायीमा डा. शर्मा चिनिन थाले ।

यतिमात्रै होईन, पैसाको तुजुक र कांग्रेस नेता डा. शेखर कोइरालासँगको निकटताका कारण राजनीतिक क्षेत्रमा पनि उनको वोलवाला चल्न थाल्यो। डा. शर्माले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ३ बाट कांग्रेसबाट टिकट समेत पाए । निर्वाचनमा पनि उनले अस्पतालको राम्रो उपयोग गरे। आफुलाई धुरन्धर समाजसेवी देखाउन उनले चुनाव ताका निशुल्क स्वास्थ्य शिविर देखि वाटोमा अलपत्र परेकाहरुलाई समेत अस्पताल भर्ना गराएर निशुल्क उपचार गराए । दुर्भाग्यवस ०७४ सालको निर्वाचनमा दुवै डाक्टर पराजित भए ।

निर्वाचन जित्न नसके पनि डा. सुनिल शर्माको व्यवसायमा कुनै असर देखिएन। ०७६ सालको चैतदेखि नेपालमा फैलिएको कोभिड १९ को कारण व्यापार व्यवसाय ठप्प भयो । जसको असर अहिलेपनि छ ।

कोभिड–१९ को असर अस्पतालमा पनि पर्यो । निजी क्षेत्रबाट संचालिन र राम्रो मानिएको काठमाडौं मेडिकल कलेजका सञ्चालकले मेडिकल कलेजको सेयर बेच्ने निर्णय लिए । १ अर्ब ७० करोड रुपैयाँमा काठमाडौं मेडिकल कलेजको सेयर किनेर डा. शर्मा भित्रिए । अहिले उनी काठमाडौं मेडिकल कलेजको अध्यक्ष हुन् ।

आर्थिक रुपमा समस्यामा पर्दै गएपछि नेपालगन्ज मेडिकल कलेजका सञ्चालकले पनि नयाँ लगानीकर्तालाई प्रवेश गराउने निर्णय लिए । काठमाडौं मेडिकल कलेज किनेको एकवर्ष नहुँदै डा. शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत सेयर १ अर्व रुपैयाँमा खरिद गरे ।

पछिल्लो एक दशकमा अस्वभाविक रुपमा आर्थिक छलाङ मारेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले डा शर्मामाथि अनुसन्धान गरेपनि कुनै टुंगोमा भने पुग्न सकेको छैन । डा. शर्मा आफूले कमाएको पैसा र बैंकको ऋण भएको वताउँने गरेका छन् । उनको ब्यवसाय र गतिविधि शंकास्पद भए पनि हालसम्मै कुनै पनि निकायले उनलाई छुन सकेको छैन।

नेपाली कांग्रेससँग नजिकको सम्वन्ध वनाएका शर्माले राजनीति र पैसाको पहुचमा सवै क्षेत्रलाई पैताला मुनी राखेका छन् । नेतालाई पालेको, घुस खुवाएको भरमा उनले जस्तासुकै अपराधवाट पनि उन्मुक्ति पाउँदै आएका छन् । उनलाई १० वर्ष अघि नै मेडिकल काउन्सिललाई झुठो विवरण दिएर करोडौं रुपैयाँ अनियमितता गरेको आरोप लागेको थियो ।

विवरणका आधारमा नोवेल शिक्षण अस्पतालका ४ सय ५० बेड नै गायब गरेका समाचारहरु छ्यासछ्यास्ति भए । असार ०६७ मा अनुगमन गर्न गएको नेपाल मेडिकल काउन्सिलको टोलीले नोवेल मेडिकल कलेज विराटनगरमा ४२० बेड रहेको प्रतिवेदन दिएको थियो । त्यहाँ ६३० बेड थप्ने प्रतिबद्धतापछि शर्माको मेडिकल कलेजलाई एक सय ५० विद्यार्थी भर्नाको अनुमति दिइएको थियो । नोवेलले मेडिकल शिक्षामा प्रति विद्यार्थी ४७ लाख ९० हजार लिने गरिएको छ । यो हिसाबले काउन्सिले दिएको अनुमतिका आधारमा उसले त्यस बर्षमात्र ७२ करोड रकम उठाएको थियो, तर सर्त उसले पुरा गरेको थिएन ।

नौ महिनापछि वैशाख ०६८ मा अनुगमन गर्न गएको काउन्सिलको टोलीले ७२१ बेड पुगेको प्रतिवेदन दिएको थियो । करिब एक वर्षपछि असार ०६९ मा गएको अर्को टोलीले अस्पतालमा नौ सय बेड पुगेको जानकारी दिएको थियो । तर, सात महिनापछि प्रा.डा. विमलकुमार सिन्हाको नेतृत्वमा गएको टोलीले नोवेल मेडिकल कलेजमा ४५० मात्र बेड भेट्टाएको थियो । यस हिसाबले ४५० बेड नभएको मेडिकल कलेजले विद्यार्थी भर्नावापत उठाएको रकमले २ सय ५० करोड आर्थिक अपराध गरेको ठहर्छ ।

तर, नेपाली कांग्रेस, तत्कालिन नेकपा एमाले र नेकपा माओवादीका उच्च तहका नेतासँगको सम्बन्धका कारण उनले प्रतिवेदनलाई झूठ सावित गराए र आर्थिक अपराध मच्चाए।

यतिमात्रै होईन, केही समय अगाडि स्वास्थ्य मन्त्रालयले उनको नोवेल शिक्षण अस्पताललाई मापदण्ड विपरित मिर्गौला प्रत्यारोपणका लागि लाइसेन्स प्रदान गर्यो । स्रोतका अनुसार नोवेलमा मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने नियमित चिकित्सक÷डाक्टर नहुँदा–नहुँदै पनि उनले त्यसको लाईसन्स पाए । 

स्वास्थ्य मन्त्रालयमा लाइसेन्स वितरणको लागि एउटा समिति छ। त्यसमा निजी अस्पतालमा लगानी भएका भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका डाक्टर प्रेम ज्ञवाली सदस्य थिए । शर्माले राजनीतिक पहँुच र ज्ञवालीसँगको मिलेमतोमा लाईसन्स हात पारेको स्रोतको दावी छ।

स्रोतका अनुसार, ०७८ साउनमा नोवेललाई मिर्गौला प्रत्यारोपणको लाइसेन्स दिएको हो। नोबेलमा पुगेर मृगौला प्रत्यारोपण गर्न सहयोग गर्ने टोलीमा डा. ज्ञवाली पनि रहेका थिए । डा. ज्ञवालीको टोलीले नोबेललाई मिर्गौला प्रत्यारोपणको लाइसेन्स दिलाउनुअघि नोबेलकै एकजना डाक्टरलाई डा. ज्ञवालीले मानव अंग प्रत्यारोपण केन्द्रमा तालिम दिलाएको दावी स्रोत छ। शर्माले पैसाको खोलो वगाएर उक्त लाईसन्स पाएको वताईन्छ।

यसरी हरेक काममा पैसाको विटा फाल्दै हिड्न र वर्षमै दुई वटा मेडिकल कलेज खरिद गर्ने रकम भने शर्माले कहाँबाट ल्याउँछन ? भन्ने विषय अहिलेसम्म खुलेको छैन । यस विषयमा उनी जानकारी समेत दिन चाहाँदैनन् । डा. शर्मा माथि लागेको आरोपका विषयमा नेपाल आजले प्रतिक्रिया लिन खोज्दा दुई दिनपछि कुरा गर्ने सर्त राखेका उनी त्यसपछि सम्पर्कमै आउन छोडेका छन् ।

यो पनि

राज्यमन्त्रीकै सेटिङमा चिकित्सक विहिन नोवेललाई मिर्गौला प्रत्यारोपणकाको लाईसेन्स

चिकित्सक नभएको नोवेललाई मिर्गौला प्रत्यारोपणको लाइसेन्स दिलाउने ज्ञवालीलाई हटाईयो

डाक्टरनै नभएको नोवेल अस्पताललाई मिर्गौला प्रत्यारोपणको लाइसेन्स !

मेडिकल माफिया सुनिल शर्माको सर्टिफिकेट नक्कली

लेटाङका ९ कक्षा फेल राजेन्द्र न्यौपाने यसरी भए ‘मेडिकल माफिया सुनिल शर्मा’

‘मेडिकल माफिया’ सुनिल शर्माले धरानको बिपी प्रतिष्ठान डुबाए

सुनिल शर्माको बिराटनगर स्थित नोबेल ज्यानमारा अस्पताल !

नोवेल शिक्षण अस्पताल सुनिल शर्मा मिर्गौला प्रत्यारोपण मेडिकल माफिया प्रेम ज्ञवाली

विशेष