News

बिडारी भन्छन्– ओलीमा स्यालको गुण छ, मान्छेलाई रङ्बङ्ग्याई दिने

बिडारी भन्छन्– ओलीमा स्यालको गुण छ, मान्छेलाई रङ्बङ्ग्याई दिने

राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्यालको संज्ञा दिएका छन्। स्यालले पाधेर कुकुरलाई अल्मल्याए जस्तै टेक्निक ओलीले पनि प्रयोग गर्ने गरेको उनको भनाई छ।

माधबकुमार नेपालको नेकपा एकिकृत समाजवादीका नेतासमेत रहेका विडारी अत्यन्तै कलात्मक र हाउभाउका साथ प्रस्तुत हुन्छन् । उनले वोल्न थालेपछि जो कसैले चाख दिएर सुन्छ। उनका भिडियोहरु सामाजिक संजालमा भाईरल हुने गरेका छन् ।

यसैक्रममा उनको एउटा भिडियो टिकटकमा सार्वजनिक भएका छ, जहाँ उनले ओलीलाई स्यालको रुपमा चित्रण गर्ने प्रयास गरेका छन् । ओलीमा मान्छेलाई रङ्वङ्ग्याउने कला रहेको भन्दै ठ्याक्कै त्यही कला स्यालमा पनि हुने गरेको वताएका छन् ।

‘ओली भन्ने एउटा खराव मान्छे हाम्रो देशमा छन्। तिनले के कुरा गर्दिन्छन भने मान्छेलाई रङ्वङ्ग्याउन सिपालु छन् । रङ्वङ्ग्याई दिने। रङ्वङ्ग्याउने भन्या कस्तो भने, त्यो दिमाग केहि पनि काम नगर्ने वनाई दिने क्या। फुनुन्न... घुम्ने’ उनले अगाडि भनेका छन्–‘त्यो एउटा त्यसको रोचक कुरा पनि छ। कुकुरले स्याललाई दपेट्छ, स्याल अगाडि अगाडि कुद्छ। कुकुरले भेट्न–भेट्न खोज्छ। स्यालले फुस्स पाध्दिन्छ। अनि कुकुर रङ्वङ्गीएर तीन फेर घुम्छ। त्यो त्यसरी घुमेपछि स्याल पारी डाँडामा पुगिसक्छ। ओलीजीको टेक्निक तेही हो ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई आफनो स्वार्थका लागि जसरी पनि घुमाउने गरेको उनको आसय छ।
 

रामनारायण बिडारी केपी शर्मा ओली

विशेष