News

गगन थापालाई ‘जिवन नरहन सक्ने’ चेतावनी

गगन थापालाई ‘जिवन नरहन सक्ने’ चेतावनी

नेपाली कांग्रेसको चौधौ महाधिबेशनवाट महामन्त्रीमा निर्वाचित भएका गगन थापालाई ‘जिवन नरहन सक्ने’ भन्दै चेतावनी आएको छ।

अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता बिरुद्ध चर्को विरोध विरोध गर्दै आएका ज्ञानेन्द्र शाहीले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउनतर्फ लागे गगन थापाको ज्यान नरहन पनि सक्ने चेतावनी दिएका छन् ।

एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा शाहीले अमेरिकाले आफना छोराछोरी मार्नुभन्दा एमसीसीका दलेहरुलाई मार्न जनता तयार हुन सक्ने वताएका छने । उनले भनेका छन्–‘एमसीसी पास गरेर गगन थापा बाहिर निस्किए भने गगन कुमार थापाको जीवन नरहन पनि सक्छ, नेपाली जनताले। जनता त्यत्तिकै सान्त छैन। जनता त्यत्तिकै छोड्नवाला छैन। भोली जनताको छोराछोरी अमेरिकाले मार्छ भने आज एकदुई जना दलेलाई खतम पार्दिएर देश वच्छ भने जनताले त त्यो बाटो अपनाउन सक्छन् नी।’

भ्रष्टाचार विरुद्धको अभियान लागेका शाहीले यसअघि महामन्त्रीमा निर्वाचित थापा र विश्वप्रकाश शर्मा दुवैलाई शुभकामना दिदै एमसीसी रोक्न र कांग्रेस भित्रकै भ्रष्टचारी नेतालाई जेल हाल्ने वातावरण वनाउन सुझाव दिएका छन् ।

‘नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा ज्युलाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना साथै राष्ट्रघातती एमसीसी रोक्नुहोस, मुलुकलाई बचाउनुहोस यही देशमा रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुहोस, भ्रष्टाचारी तपाईकै पार्टीका नेताहरूलाई जेल हाल्ने बाताबरण सिर्जना गर्नुहोस् ...।’

यो पनि
पार्टीका भ्रष्ट नेतालाई जेल हाल्ने वातावरण वनाउन गगन र विश्वप्रकाशलाई ज्ञानेन्द्र शाहीको सुझाव

गगन थापा ज्ञानेन्द्र शाही

विशेष