News

प्रचण्डको प्रतिवेदनमा २५ जनाले मात्रै सुझाव दिन पाउने, समय १५ मिनेट

प्रचण्डको प्रतिवेदनमा २५ जनाले मात्रै सुझाव दिन पाउने, समय १५ मिनेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ राष्ट्रिय महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि २५ जनाले मात्रै सुझाव पेश गर्न पाउने भएका छन् । अन्यलाई वोल्न प्रतिवन्ध लगाईएको छ।

प्रतिवेदन वाचनपछि बनाइएका २५ वटा समूहबाट एकजना टोली नेताले मात्रै सुझाव प्रस्तुत गर्न पाउने र एक ब्यक्तिलाई सुझावका लागि १५ मिनेटको समय दिइएको छ। 

मंगलबार बिहान बसेको स्थायी समिति बैठकले प्रत्येक समूहबाट एकजनाले मात्रै सुझाव दिन सक्ने नियम बनाइएको एक नेताले जानकारी दिएका छन्। 

यस्तै प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि फरक मत वा पुरक दस्तावेज भए त्यसलाई पनि समूहका एकजनाले मात्रै प्रस्तुत गर्न समय दिइने भएको छ।

प्रचण्डले सोमबार ४५ पृष्ठको राजनीतिक प्रतिवेदन वाचन गरेका थिए। स्थायी समिति सदस्यहरुलाई प्रतिवेदन अध्ययन गरी सुझाव दिन बुधबारसम्मको समय दिइएको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ आठौँ राष्ट्रिय महाधिवेशन

विशेष