News

कस्ले वनायो कांग्रेसका नेता/कार्यकर्तालाई मार्ने योजना ?

कस्ले वनायो कांग्रेसका नेता/कार्यकर्तालाई मार्ने योजना ?

नेपाली कांग्रेस रोल्पाका स्थानीय नेताको घर र मोटरसाईकलमा अज्ञात समुहले आगजनी गरेको छ।

कांग्रेस सहसचिव सुनिलकुमार वलीको रा ५ प ९५२१ नम्बरको मोटरसाइकलमा आइतबार अज्ञात समूहले आगजनी गरेको हो।

गंगादेव गाउँपालिका ४ का पार्टी वडा कार्यसमिति सदस्य गनबहादुर डाँगीको १३ औं पुन्यतिथिमा श्रद्धाञ्जली दिन पुगेका वेला उनको मोटरसाईकलमा आगजनी गरिएको हो । श्रद्धाञ्जली सभामा कांग्रेस रोल्पा उपसभापति हरिबहादुर पुन, सचिव शेरबहादुर थापा र सहसचिव सुनिलकुमार वली पुगेका थिए।

सोही समयमा मोटरसाइकल अज्ञात समूहले आगजनी गरेको हो। श्रद्धाञ्जली कार्यक्रम सकेर नेताहरू स्थानीय गंगादेव गाउँपालिका ५ का नदु डाँगीको घरमा बसेको आशंकामा अज्ञात समूहले उक्त घरमा पनि आगजनी गरेको जनाईएको छ।

आगजनीको कारण अहिलेसम्म खुलेको छैन। तर, घट्नाको प्रकृति हेर्दा उनीहरुलाई मार्ने योजना वनाईएको हुन सक्ने स्थानीय  नेता कार्यकर्ताहरु वताउँछन् । घर र मोटरसाइकलमा आगजनी गर्ने समूहलाई खोजी गरी कानुनी कारबाही गर्न रोल्पा कांग्रेस सभापति किशोरकुमार आचार्यले माग गरेका छन्।
 

विशेष