रौटहटमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु
रौतहटमा भारतीय कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गौर–चपुर सडकखण्डको सखुअवा र जयनगरको बीचमा दुर्घटना भएको हो ।
गौरबाट चन्द्रनिगाहपुर जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कारमा ८ जना सवार थिए ।
प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन ।