News राजनीति

प्रचण्डको प्रतिवेदनमा नेता कार्कीको फरक मत– संघीयता वुख्याँचा भयो

मेयर ७० लाखको गाडी चढेर न्वारान र पास्निमा गइराछन

प्रचण्डको प्रतिवेदनमा नेता कार्कीको फरक मत– संघीयता वुख्याँचा भयो

नेकपा (माओवादी केन्द्र) केन्द्रका नेता राम कार्कीले उनले नेपालको संघीयता वुख्याँचा जस्तो भएको वताएका छन् । पार्टीको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि फरक मत राख्दै उनले यस्तो वताएका हुन ।

प्रचण्डको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन नेता कार्कीले ‘केही पूरक, केही नवीन धारणाहरू’ शीर्षकको फरक मत प्रतिवेदन राखेका छन्। नीति निर्माणमा जनताको विशेषतः उत्पीडित हिस्साको सहभागिता सुनिश्चित नभएसम्म प्रजातन्त्रको सर्वाङ्गीण विकास हुन नसक्ने उनको भनाई छ।

‘चौरमा, चौतारामा, विद्यालय परिसरमा, गुन्द्री, राडीपाखी आदिमा बसेर कुलो, कुलेसो, पुलपँधेरा, बाटोघाटो, स्वास्थ्य केन्द्र, विद्यालय आदिबारे नीति निर्माण गर्न सकियोस् भन्ने उद्देश्यका साथ हामीले संघीयतालाई आफ्नो राजनीतिक मुद्दा बनाएका हौं।’ उनले भनेका छन्–‘यो निर्धन मुलुकका जनप्रतिनिधिहरू करोडौंको गाडीमा सवार भएर न्वारन, पास्नी, जन्मदिन मनाउने आतिथ्य सत्कार गरून् भन्ने उद्देश्य हाम्रो कदापि थिएन।’

उनले स्थानीय तहमा गएको वजेटको पनि सहि सदुपयोग हुन नसकेको वताए । ‘संघीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा त ल्याइदियो, तर त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन सकेको छैन। अर्थात्, मजदूर–किसान जस्ता आधारभूत तहका जनताको निगरानी ती विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म हाम्रो संघीयता जनतालाई पीडा प्रदान गर्ने ’बुख्याचा’ सावित हुनेछ।’– उनले आफनो प्रतिवेदनमा लेखेका छन् ।

‘सजिलै कार्यसम्पादन होस भनेर संघीयता ल्याएको । तर, हामी तल के देख्छौ भने मेयरको ७० लाखको गाडी, उपमेयरको चै ८० लाखको गाडी, अर्को ९० लाखको गाडी। अनि न्वारानमा गईराछन्, पास्निमा गइराछन अलग–अलग गाडी लिएर’ उनले पत्रकारहरुसँगको कुराकानीमा भने–‘यो नेपालले धान्न सक्दैन। त्यसैले त्यो त वुख्याँचा जस्तो भयो। मान्छेलाई जिस्क्याए जस्तो भयो। ‘तिम्रो गरिवी छ, हाम्रो त हेर भने जस्तो भयो।’ तल गएका जुन वजेटहरु छन्, ति वजेटहरुको निगरानी गर्ने संयन्त्र वन्नु पर्यो भन्ने मेरो माग हो।’
 

राम कार्की फरक मत

विशेष