News

प्रचण्डको स्विकारोक्तिः माओवादीमा यौन अनैतिकता बढ्यो

प्रचण्डको स्विकारोक्तिः माओवादीमा यौन अनैतिकता बढ्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढेको वताएका छन् । 

पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सोमबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा उनले यस्तो वताएका हुन । प्रचण्डले सो प्रतिवेदनलाई ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नाम दिएका छन् । 

उनले सांस्कृतिक रूपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको अनिवार्य सर्त भएको बताउँदै सांस्कृतिक रूपान्तरणको विषयलाई प्रत्येक कमिटीले व्यवहारमा उतार्न योजनबद्ध पहल गर्नुपर्ने बताएका छन् । ‘जनताले माओवादी र अन्य पार्टीमा खासै भिन्नता देखेका छैनन्’ उनले भनेका छन्–‘पार्टीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो छ।’

प्रतिवेदनमा प्रचण्डले पार्टीका तत्कालीन नीति, योजना र कार्यक्रमको रूपरेखा प्रस्तुत गरेका छन् । समायोजनको रणनीति र समाजवाद उन्मुख समृद्धिको कार्यनीति अन्तरगत जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण गर्न प्रचण्डले तत्कालीन नीति, योजना र कार्यक्रम तय गरेको उल्लेख गरेका छन् ।

यसमा पार्टी प्रशिक्षणको सञ्चालन, मुखपत्र लगायत पार्टीको प्रकाशन र स्कूलिङका लागि सामाजिक सञ्जालको अधिकतम प्रयोग गने बताएका छन् । उनले संगठात्मकरुपले पार्टीलाई जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार सञ्चालन गर्न जोड दिनुपर्ने जिकिर गरेका छन् ।

यो पनि
प्रचण्डको प्रतिवेदनमा २५ जनाले मात्रै सुझाव दिन पाउने, समय १५ मिनेट

प्रचण्डको प्रतिवेदनमा नेता कार्कीको फरक मत– संघीयता वुख्याँचा भयो

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष