News विदेश

आफ्नै मन्त्रीले इमरानको सरकारलाई बिफल बताए

आफ्नै मन्त्रीले इमरानको सरकारलाई बिफल बताए

 

पाकिस्तानका आन्तरिक मन्त्री शेख राशिद अहमदले देशको सरकार भ्रष्टाचारको सामना गर्न विफल रहेको बताएका छन्। कराचीमा आयोजित प्रेस कन्फ्रेन्सलाई सम्बोधित गर्दै मन्त्रीले भने, 'मानिसहरूले हामीलाई यस स्थिति (बढ्दो महंगाई) को निम्ति जिम्मेवार ठहर गरिरहेका छन् तर यो पहिलेका शासकहरूको कारण भएको हो।

देश यस समय ग्यास संकटसित जुझिरहेछ'। मीडिया रिपोर्ट अनुसार, पाकिस्तानीहरूसित दिनहुँ खाना पकाउनका लागि पर्याप्त ग्यास छैन। पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई लिएर अहमदले भने, 'उनी झूठो बोलेर लन्डन गएका थिए। उनको स्वास्थ्य एकदमै ठीक छ। उनले कुनैपनि डाक्टरसित कन्सल्ट गरेनन्'। उनले नवाज शरीफमाथि न्यायपालिकामाथि हमला गरेको आरोप पनि लगाए।

विशेष