News

माओवादीमा ‘मुर्दा’ ब्युँताउने सुझाव

माओवादीमा ‘मुर्दा’ ब्युँताउने सुझाव

नेकपा माओवादी केन्द्रमा जनयुद्धकालिन ‘प्रचण्ड पथ’लाई विउँत्याउने प्रयास सुरु भएको छ। जारी आठौँ महाधिवेशनमा यस अघि स्थगन गरिएको प्रचण्डपथको विकल्पमा ‘प्रचण्ड विचार’राखेर अघि बढ्नुपर्ने सुझाव आएको हो। 

सोमबारदेखि जारी बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिँदै बागमती प्रदेश समूह प्रदेश ‘क’ को समूहको निष्कर्ष सुनाउँदै टोली नेता सरल सहयात्रीले भने,  ‘अब हामीले यसलाई‘प्रचण्ड विचार’राखेर जानुपर्छ। यसलाई अघि बढाउने गरी दस्तावेजमा समावेश गर्नुपर्छ।’

अहिलेसम्म ९ वटा समूहबाट प्रचण्डको प्रतिवेदनमाथि सुझाव पेश भइसकेको छ। अर्कातिर समूहबाट प्रचण्डप्रति असन्तुष्टि पनि प्रकट भएको छ। प्रचण्डले साना कम्युनिष्ट पार्टीलाई एक बनाएर आफ्नै पार्टीका नेताहरुको मानमर्दन गरेको भन्दै समूहबाट असन्तुष्टि आएको हो। 
 

विशेष