बादललगायतका नेतालाई गद्दार घोषणा गर्न महाधिवेशन प्रतिनिधिहरुको माग
नेकपा विभाजनका क्रममा एमाले रोजेका रामवहादुर थापा ‘बादल’ लगायतका पूर्वमाओवादी नेतालाई गद्दार घोषणा गर्न प्रतिनिधिहरुले माग गरेका छन् । नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले यस्तो माग गरेका हुन ।
बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथिको छलफलपछि सुझाव पेश गर्ने क्रममा प्रदेश नम्बर १ बाट सुझाव पेश गर्दै हर्कबहादुर नेम्वाङ ‘मेक्सो’ले उनीहरुले गरेको गद्दारीबारे दस्तावेजमा समेट्नुपर्ने वताए ।
आफ्नो समुहका तर्फबाट सुझाव पेश गर्दै उनले भने– ‘बादल लगायतका नेताले गद्दारी गरेका छन् । उनीहरको गद्दारीवारे जस्तावेजमा समेट्नु पर्छ।’
नेम्वाङले आफ्नो पार्टीको सरकारले गरेका कामहरुलाई उपलब्धिका रुपमा अध्यक्षको दस्तावेजमा समेट्न पनि सुझाव दिए ।
प्रचण्डको दस्तावेज मुलत सही भएको भन्दै उनले दस्तावेजले पार्टीलाई सही दिशामा हिडाउने संकेत मिलेको र नेताहरुले आफुलाई आफैले रुपान्तरण गर्ने कुरा राम्रो भएको बताए ।