News

मन्त्री बन्न नपाए देश छोडेर लण्डन भासिने सुजाताको तयारी

मन्त्री बन्न नपाए देश छोडेर लण्डन भासिने सुजाताको तयारी

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिमा पराजित भएपछि नेतृ सुजाता कोईराला सडकमा पुगेकी छिन् । तर, उनको इच्छा भने मन्त्री वन्ने छ।

प्रकाशमान सिंह प्यानलबाट उपसभापतिमा उम्मेद्वार भएर नराम्रो पराजय भोगेकी कोइराला मन्त्री वन्ने वा देशै त्याग्ने तयारीमा रहेको उनी निकट स्रोत वताउँछ।

सभापतिमा पराजित भएका प्रकाशमान सिंह, विमलेन्द्र निधि तथा मौन वसेका रामचन्द्र पौडेललाई दोस्रो चरणमा सहयोग गरे बापत सभापति शेरबहादुर देउवाले मनोनीत गरेर केन्द्रीय कार्यसमितिमा लाने तयारी गरेका छन् ।

तर, उपसभापतिमा पराजित भएका महेश आचार्य, विजय गच्छदार र सुजाता कोइरालाको विषयमा हालसम्म कुनै योजना देखिदैन। तर, कोइरालाको प्राथमिकता केन्द्रीय कार्यसमितिमा जाने छैन पनि। उनको नजर मिनेन्द्र रिजालले राजीनामा गरेपछि रिक्त रहेको रक्षा मन्त्रालय वा चर्काे विवादमा परेर गजेन्द्र हमालले राजीनामा दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छ।

अहिले दुवै मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हालिराखेका छन् । उनले दुई मध्ये एक मन्त्रालयको आशा राखेको वताईन्छ। उनले निर्वाचनमा सहयोग गरेवापत तत्कालीन महामन्त्री शशांक कोइरालाको सिफारिस खोजेकी छिन् ।

रक्षा अथवा उद्योग वाणिज्य मन्त्री हुन नपाए मुुलुक नै छाडेर लण्डन जाने तयारीमा छिन् । बाँकी जीवन आफ्ना पिता स्व.गिरिजाप्रसाद कोइराला र आफूले कमाएको सम्पत्ति मार्फत बंगलादेशबाट बसाईं सरेर लण्डन पुगेकी आफ्नी छोरीसँग जीवन बिताउने उनको योजना रहेको स्रोत वताउँछ। 

सुजाता कोईराला

विशेष