News

नयाँ बसपार्कको गेष्ट हाउसमा महिलामाथि सामुहिक बलात्कार, ८ जना  पक्राउ

नयाँ बसपार्कको गेष्ट हाउसमा महिलामाथि सामुहिक बलात्कार, ८ जना  पक्राउ

काठमाण्डौंको नयाँ बसपार्कमा एक ३४ बर्षिया महिलामाथि सामुहिक वलात्कार भएको घट्ना सार्वजनिक भएको छ। काठमाडौं–२६ मित्रनगरस्थित नयाँ बसपार्कमा पुस १३ गते रातिदेखि १४ गतेसम्म ति महिलामाथि सामूहिक बलात्कार भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार महिलामाथि बलात्कार गरेको आरोपमा मंगलबार राति र बुधबारसम्ममा विभिन्न ठाउँबाट ८ जनालाई पक्राउ गरेको छ। बलात्कारमा संलग्न अर्का एक जना फरार रहेको र उनको खोजी भइरहेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

महिलालाई बसपार्कको एउटा गेष्ट हाउसमा लगेर बलात्कार गरिएको सुचना प्रहरी प्रभाग नयाँ बसपार्कमा पुगेको थियो । त्यही सुचनाका आधारमा प्रहरी वृत्त महाराजगन्ज, परिसर र अपराध महाशाखाको टोली अनुसन्धानमा जुटेको थियो।

पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको र उनको स्वास्थ्य सामान्य रहेको एसपी मैनालीले बताए। 
 

विशेष