News कर्पोरेट रोजगार पर्यटन

बुद्ध एयरको ज्यादतीः यस्तो छ एयर होस्टेज र अन्य कर्मचारीको तलव !

बुद्ध एयरको ज्यादतीः यस्तो छ एयर होस्टेज र अन्य कर्मचारीको तलव !

सरकारले ०७८ साउन १ गतेदेखि लागु हुने गरी नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पु¥याएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पारिश्रमिक वृद्धि गरेको सूचना राजपत्रमै प्रकाशित गरेको थियो।

यसअघि श्रमिकको न्यूनतम पारश्रमिक १३ हजार ४५० रुपैयाँ रहेकोमा त्यसलाई वृद्धि गरेर १५ हजार पुर्यार्ईयो। तर, सरकारले वृद्धि गरेको यो पारिश्रमिक अपबाद वाहेक कतै पनि कार्यान्वयनमा आएको छैन। होटल,  यातायात, विभिन्न उद्योग तथा हवाई कम्पनीहरुले यो नियमलाई उलंघन गरिहेका छन् । 

न्यूनतम पारिश्रमिक निर्धारण गरिएपनि नियमनकारी निकायले अनुगमन तथा निरिक्षण गरेका छैनन्। जसको फाईदा उद्योग तथा कम्पनीहरुले उठाईरहेका छन् । मजदुर तथा कर्मचारी भने  श्रम शोषणको मारमा छन् ।

मजदुर तथा कर्मचारीको श्रम शोषण गर्नेमा नेपालकै अग्रणी भनेर चिनिएको बुद्ध एयर सवैभन्दा अगाडि छ। बुद्ध एयरमा तत्काल एक हजार भन्दा वढि मजदुर कर्मचारी कार्यारत छन् । तर, ति अधिकांश मजदुर कर्मचारीले सरकारले निर्धारण गरेको न्यूनतम तलव समेत पाउन सकेका छैनन् । वेला वखत असन्तुष्टि जनाउँदै आएपछि ब्यवस्थापनका अगाडि उनीहरु निरिह छन् ।

तलब सुविधाको कुरा गर्दा उल्टै जागिरबाट हात धुनुपर्ने अवस्था आएपछि चुप लागेर वस्नु परेको कर्मचारीहरुको गुनासो छ। ‘मामका लागि काम, कामका लागि मुखमा लगामकाम’ भन्दै उनिहरु आफनो समस्या समेत दवाएर वसेका छन् ।

कोरोना महामारीपछि बुद्ध एयरले कर्मचारी/मजदुरलाई झन समस्यामा पारेको एक पीडित कर्मचारी वताउँछन्। ‘हुन त बुद्धमा काम गर्ने सवै मजदुर कर्मचारीको समस्या उस्तै छ, तर मुख खोलेर कसैले पनि आफनो समस्या वाहिर ल्याउन सक्दैछ’ ती कर्मचारी भन्छन्–‘कुरा उठाए ब्यवस्थापनको नजरमा आँखी भईने डरले सवै चुपचाप छन्।’

पटक पटक गरेर करिव १ वर्ष विमान वन्द भएको र चल्न थालेपछि कम्पनीले अधिकांश कर्मचारीको भएको तलव समेत कटौती गरेको कर्मचारीहरुको गुनासो छ। बुद्धले एयर होस्टेजलाई न्युनतम तलब भन्दा पनि ट्रिपको हिसाबले काममा लगाउने गरेको छ। 

यसैगरी, लोडेरलाई अधिकतम ५ अजार र त्यसभन्दा माथिका कर्मचारीहरु अधिकृतसम्मलाई १० हजारभन्दा कम तलव सुविधा दिएर काममा लगाउने गरेको छ। भत्ताका नाममा केही सुविधा दिएपनि तलवमा भने कर्मचारीहरुलाई ठगी गरिरहेको वताईन्छ।

तलव स्केल नै कम भएपछि त्यसकै अनुपातमा दिने विभिन्न शिर्षकका भत्ता र ओभर टाईमा पनि कर्मचारीहरु ठगिने गरेको श्रोतको दावी छ।

वुद्ध एयरले भने कसैलाई पनि श्रम शोषण नगरेको दावी गरेको छ। यद्यपी कर्मचारीहरुको तलव स्केलका वारेमा भने कंपनीले जानकारी दिन चाहेन। वुद्ध एयरका कम्युनिकेशन म्यानेजर दिपेन्द्र कर्ण भन्छन्–‘सवैको तलव एकै नासको हुँदैन, फरक फरक हुन्छ। त्यसैले कसैको तलवको विषयमा जानकारी दिन मिल्दैन, गोप्यता भंग हुन्छ।’

यो पनि

थोत्रा विमानमा बुद्ध एयरको लापरबाही, बुद्धले लैजाला ज्यान

वुद्ध एयर

विशेष