मनोरञ्जन News

किन नेपाली फिल्म क्षेत्रका कलाकारले समयमै पाउदैनन् पारिश्रमिक ?

किन नेपाली फिल्म क्षेत्रका कलाकारले समयमै पाउदैनन् पारिश्रमिक ?

नेपाली फिल्म क्षेत्रमा कलाकारहरुले पारिश्रमिक नपाउने समस्या जटिल बन्दै गएको छ। पारिश्रमिकको विषयलाई लिएर समय–समयमा कलाकार र निर्माता बिच चर्को विवाद हुन्छ।

‘चपली हाइट ३’ का अभिनेता अमिर गौतमले केही दिन अगाडि फेसबुकमा एउटा स्ट्याटस लेख्दै फिल्मको निर्माण टिमले पारिश्रमिक नदिएको खुलाएका थिए । उनले लेखेका थिए, तिन दिन जाडोको समय पानिमा रुझ्दै गरेको कामको पारिश्रमिक त पाइदैन अरुको त के होला ?’

उनले उक्त स्टयाटसको झटारो ‘चपली हाइट’ का निर्माता अर्जुन कुमार लक्षित थियो। गौतमको सोही स्ट्याटसमा फिल्मका दुई अभिनेत्रीहरु स्वस्तिमा खड्का र लक्ष्मी वर्देवाले आफुहरुले पनि पैसा नपाएको भन्ने आशयका कमेन्ट गरेका थिए । 

पारिश्रमिकै विषयमा खटपट हुदा स्वस्तिमा र अर्जुन कुमारको सम्बन्ध पुर्ण रुपमा बिग्रिएको छ । जसकारण स्वस्तिामाले जागर चलाएर फिल्मको प्रमोशन समेत गरेकी छैनन् ।

त्यस्तै यता अर्की अभिनेत्री परमिता आरएल राणाले पनि आफुले अभिनय र मोडलिङ गरेको पारिश्रमीक समयमा नपाउदा आजित भएको लेखेकी थिइन । उनले आफनो इन्स्टाग्राम मार्फत समयमा आफनो कामको पारिश्रमिक नदिने व्यतिm तथा संस्थाको  नाम सार्वजनिक गर्ने चेतावनी समेत दिएकी छिन् । उनले नेपाली कलाकारीता क्षेत्रमा काम गर्ने हो भने एकपटक सोच्न अनुरोध गर्दै भनेकी छन् –‘आफनो मेहनतको कमाइका लागि भिख माग्नु पर्छ ।’

स्वस्तिमा खड्का अमिर गौतम परमिता आरएल राणा

विशेष