News

प्रचण्डका नाति पढ्ने विद्यालयको मासिक शुल्क पचास हजार !

प्रचण्डका नाति पढ्ने विद्यालयको मासिक शुल्क पचास हजार !

नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले पार्टीका केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी (सामुदायिक) विद्यालयमा पढाउने व्यवस्था गरिनुपर्ने माग राखेपछि अध्यक्ष प्रचण्ड तनावमा परेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने क्रममा गण्डकी प्रदेश समूहबाट गायत्री गुरुङले उक्त माग राखेकी हुन् । उनले भनिन्–‘पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्छ ।’ साथै, संघीय संरचनाअनुसारको वैज्ञानिक शिक्षा नीति अवलम्बन गर्नुपर्ने उनले माग गरेकी छिन् ।

गुरुङको यो प्रस्तावले महाधिवेशनमा निकै चर्चा पाएको छ। यो प्रस्ताव लागू गराउन तिव्र दवाव पनि सुरु भएको छ। पार्टीलाई गाउँ फर्काउने र जनमुखी बनाउने, सशस्त्र द्वन्द्वबाट आएको विरासत कायम राख्ने र अरू सबै राजनीतिक दलभन्दा भिन्न बन्ने उद्घोष गरेका अध्यक्ष प्रचण्डलाई कार्यकर्ताको यो दवाव थेग्न मुस्किल परेको छ।

प्रचण्डकै नाति एवं स्व. प्रकाश दाहाल र पूर्वमन्त्री विना मगरका ६ वर्षे छोरा प्रणब युलेन्स स्कुलमा कक्षा २ मा पढ्ने गरेका छन् । उनको मासिक शुल्क ५० हजार रहेको सुनेपछि माओवादी प्रतिनिधि आश्चर्यमा परेका छन् । युलेन्स अमेरिकी व्यवस्थापनमा सञ्चालित स्कुल हो । प्रचण्डले नचाहँदा नचाहँदै बिना ‘मेडम’को जिद्दीले नाति प्रणबलाई महँगो स्कुलमा हालिएको हो।

यसअघि प्रणब भारतिय नागरिक अङ्गद सिंहको स्टेपिङ स्टोन नामको किन्डर गार्डेनमा पनि पढेका थिए । अङदले नेपाल आजलाई यस बिषयमा समाचार बनाएर किन्डर गार्डेनको प्रचार गरिदिन अनुरोध गरेका थिए। उनले जालसाझीपुर्ण तरिकाले नेपाली नागरिक्ता लिएको आरोप लाग्ने गरेको छ। 

जानकारहरुका अनुसार अङगदले प्रचण्ड र गगन थापासँगको फोटो कार्यालयमा राखेर दलाली गर्ने र उनिहरुको नाम दुरुपयोग गर्ने गरेका छन् । उनले भारतिय संस्थापनसँग डिल गरेर प्रचण्डलाई दोस्रो कार्यकालका लागि प्रधानमन्त्री र गगनलाई पनि मन्त्री बनाउने भन्दै गफ दिने गरेका थिए।

बिना र प्रकाश भागेर भारत जाँदा आफुले नै आश्रय दिएको भन्दै अङ्गदले नेपाल आजको पत्रकारको टिमलाई फुर्ती लगाएका थिए । 
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ विना मगर प्रणब

विशेष