News

नोबेल कलेजको दादागिरीः अतिरिक्त शुल्क नवुझाउने विद्यार्थीलाई पस्नै दिएन

नोबेल कलेजको दादागिरीः अतिरिक्त शुल्क नवुझाउने विद्यार्थीलाई पस्नै दिएन

विराटनगरको नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको छ। एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाइएको हो ।

बिहीबार कलेज जान खोज्दा प्रशासनले सुरक्षा गार्ड र अन्य ब्यक्ति प्रयोग गरेर कलेजमा पस्न नदिएको विद्यार्थीहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै बुधबारदेखि पठनपाठनमा रोक लगाएको थियो ।

कलेजले पुस ११ गतेबाट कक्षा सुरु गरेको तर १२ र १३ गते सुरक्षा गार्ड राखेर अतिरिक्त शुल्क बुझाएपछि मात्रै कक्षामा प्रवेश दिने जानकारी गराएको थियो ।

कलेजमा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृत्तिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई छुट्टै कक्षा कोठामा राखेर पढाउन थालेको र आफूहरूको पठनपाठनमा रोक लगाएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

नोबेल मेडिकल कलेजमा एमबीबीएसमा भर्ना भएका विद्यार्थी र अभिभावकले पुस ५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएर आन्दोलनसमेत गरेका छन् । कलेजले आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर न्यायका लागि अपील गरेका थिए ।

तर, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुस ६ गते कलेज प्रशासन र विद्यार्थी तथा अभिभावकलाई राखेर छलफल गराएका थिए । छलफलपछि प्रजिअ दाहालले नोबेल मेडिकल कलेज विराटनगरलाई एमबीबीएसमा भर्ना भएका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क नलिन र पुस ११ गतेदेखि पठनपाठन सुरु गर्न निर्देशन दिएका थिए ।

सो क्रममा प्रजिअ दाहाल र नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माका विचमा भनाभन नै भएको थियो । शर्माले आफनो कलेज प्रशासनले चलाई दियोस भन्दै प्रजिअ दाहाललाई धम्की समेत दिएको जानकारहरुले वताएका छने ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर, कलेज सञ्चालक सुनिल शर्मा अतिरिक्त २० लाख शुल्क बुझाउने सर्तमा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडानमा छन् ।

प्रजिअ दाहालले उनले कलेजले अतिरिक्त शुल्क लिएको बीलसहित उजुरी लिएर आए कलेज सञ्चालकलाई ठगी मुद्दामा कारबाही गर्ने बताएका छन् ।

यो पनि

वर्षमै दुईटा मेडिकल कलेज खरिद गर्ने सुनिल शर्माको यस्तो धन्दा !

राज्यमन्त्रीकै सेटिङमा चिकित्सक विहिन नोवेललाई मिर्गौला प्रत्यारोपणकाको लाईसेन्स

चिकित्सक नभएको नोवेललाई मिर्गौला प्रत्यारोपणको लाइसेन्स दिलाउने ज्ञवालीलाई हटाईयो

डाक्टरनै नभएको नोवेल अस्पताललाई मिर्गौला प्रत्यारोपणको लाइसेन्स !

मेडिकल माफिया सुनिल शर्माको सर्टिफिकेट नक्कली

लेटाङका ९ कक्षा फेल राजेन्द्र न्यौपाने यसरी भए ‘मेडिकल माफिया सुनिल शर्मा’

‘मेडिकल माफिया’ सुनिल शर्माले धरानको बिपी प्रतिष्ठान डुबाए

सुनिल शर्माको बिराटनगर स्थित नोबेल ज्यानमारा अस्पताल !

नोवेल शिक्षण अस्पताल सुनिल शर्मा मेडिकल माफिया

विशेष