News

प्रचण्डको प्रतिवेदन १९औँ शताब्दीमै अल्झिएको मिलन पाण्डेको टिप्पणी

प्रचण्डको प्रतिवेदन १९औँ शताब्दीमै अल्झिएको मिलन पाण्डेको टिप्पणी

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंमा जारी ८ औं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन १९औँ शताब्दीमै अल्झिएको टिप्पणी गरेका छन ।

उनले प्रचण्डको प्रतिवेदनमाथि ट्वीटरमा टिप्पणी गर्दै लेखेका छन्–‘प्रचण्डद्वारा प्रस्तुत दस्ताबेज सरसर्ती पढेँ। विगत छ, पुरानै विश्लेषण छ तर भविष्य देखाउन दस्ताबेज असफल भएको छ। नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने र आशा जगाउने विचार छैन।’

पाण्डेले उद्यमशील समाज निर्माण गर्न पार्टीका नेता–कार्यकर्ताले उत्पादनमा खट्ने भन्ने कार्यक्रम लागु गर्न सके राम्रो हुने प्रतिक्रिया दिएका छन् ।

उनले अगाडि भनेका छन्–‘विज्ञान भनेकै गतिको नियम हो भन्ने बुझाइमै हामी अल्झियौँ। विज्ञान कहाँ पुगिसक्यो, हामी चालको नियममै अल्झिएका छौँ। प्रचण्डजीको दस्ताबेज पनि १९औँ शताब्दीमै अल्झिएको छ ।’

उनले प्रचण्डले ३५ वर्ष पार्टी हाँकी सकेको र अव अभिभावक भएर बस्नुपर्ने सुझाव दिएका छन् । ‘त्यसमै उहाँको र उहाँको पार्टीको भलाइ देखिन्छ।’– उनले लेखेका छन् ।
 

मिलन पाण्डे पुस्पकमल दाहाल ‘प्रचण्ड’

विशेष