News Breaking News मुख्य समाचार देश प्रदेश १

संखुवासभामा खतराको घन्टी, चिनियाँ गतिविधी ह्वातै बढ्दा स्थानीय त्रसित 

संखुवासभामा खतराको घन्टी, चिनियाँ गतिविधी ह्वातै बढ्दा स्थानीय त्रसित 

काठमाडौं । पर्यटक भिसामा नेपाल भ्रमणमा आएका चिनियाँहरू संखुवासभा जिल्ला अन्तर्गतको किमाथाङ्कामा रुद्राक्ष, जडीबुटी, मरेका वन्यजन्तुको टुक्रा, सुन र अमेरिकी डलर तस्करीका साथै ठगी र आर्थिक अपराधमा संलग्न हुने गरेको पाइएको छ । किमाथाङ्कामा चिनियाहरू संख्या डरलाग्दो रुपमा बढ्दै गएकाले संखुवासभाको खाद्वारी र तुम्लिङटारका होटल तथा लजहरु आफ्नो क्षमताभन्दा बढी भार बहन गर्न बाध्य भएका  छन् । उनीहरु  भाडाको घरमा समेत बस्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालयले समेत यस बिषयलाई गम्भीरतापुर्वक लिदै सतर्कता बढाएको एक कर्मचारीले बताएको छ। यस सम्बन्धमा किमाथाङ्का र संखुवासभाका अन्य स्थानमा सशस्त्र प्रहरी बलको सतर्कता र गस्ती बढाउन जिल्ला समन्वय समितिको बैठक बसेको थियो । बीओपीमा जनशक्ति बढाउन, भन्सार कार्यालय स्थापना गरी प्रभावकारी बनाउन सम्बन्धित उच्च निकायसँग समन्वय गर्ने निर्णय पनि भएको छ ।

विशेष