News राजनीति

प्रचण्डलाई ‘भगवान’ घोषणा गर्न माओवादी प्रतिनिधिलाई संग्रौलाको सुझाव

प्रचण्डलाई ‘भगवान’ घोषणा गर्न माओवादी प्रतिनिधिलाई संग्रौलाको सुझाव

लेखक खगेन्द्र संग्रौलाले नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिलाई प्रचण्डलाई भगवान घोषणा गर्न सुझाव दिएका छन् । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा सुझाव प्रस्तुत गर्ने क्रममा ‘प्रचण्ड युग’ र ‘प्रचण्ड विचार’ को घोषणा गर्न माग गरिएपछि संग्रौलाले ब्यंग्य गर्दै यस्तो सुझाव दिएका हुन ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले प्रचण्ड युग र प्रचण्ड विचारको कुरा दासत्व मुद्राको चाकरी भएको पनि वताएका छन् ।

उनले लेखेका छन्– ‘माकेको महाधिवेशनमा एक उच्चस्तरीय भक्तले ‘प्रचण्ड युग’ र ‘प्रचण्ड विचार’को घोषणा गरियोस् भनी प्रभुका पाउमा विन्तीपत्र चढाएछन्। हैन, दासतुल्य मुद्रामा चाकरी नै गर्नु छ त ‘महामानव’, अझ ‘भगवान’ नै घोषणा गरे भैगो नि, किन खुद्रामसिना खिसखिस, कमरेड?’

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिँदै बागमती प्रदेश समूह प्रदेश ‘क’ का टोली नेता सरल सहयात्रीले नेकपा माओवादी केन्द्रमा जनयुद्धकालिन ‘प्रचण्ड पथ’लाई विउँत्याउन माग गरेका थिए । यस अघि स्थगन गरिएको प्रचण्डपथको विकल्पमा ‘प्रचण्ड विचार’राखेर अघि बढ्नुपर्ने उनको सुझाव थियो ।

उनले भनेका थिए– ‘अब हामीले यसलाई ‘प्रचण्ड विचार’ राखेर जानुपर्छ। यसलाई अघि बढाउने गरी दस्तावेजमा समावेश गर्नुपर्छ।’
 

खगेन्द्र संग्रौला पुष्पकमल दाहाल

विशेष