News

ऋषी धमलालाई पशुपतिशमशेरले तिमी र मन्त्री खड्काले भाई भनेपछि...

ऋषी धमलालाई पशुपतिशमशेरले तिमी र मन्त्री खड्काले भाई भनेपछि...

राप्रपाका नेता पशुपति शमशेर राणाले ‘तिमी’ भन्दिएपछि चर्चित पत्रकार ऋषी धमला रिसाएका छन् । प्राईम टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा सवाल जवाफकै क्रममा राणाले तिमि भन्दिएपछि धमला रिसाएका हुन ।

कार्यकारी प्रधानमन्त्री र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका विषयमा भईरहेको छलफलका क्रममा राणाले ‘सुनन’ भन्दै सम्वोधन गरेका थिए । तर, त्यसैवेला धमलाले राणालाई रोकेर ‘सुनन होईन, सुन्नोस भन्नोस न’ भनेपछि राणाले ‘सरी’ भन्दै आफनो कुरा सच्याएका छन् ।

यसैगरी परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले भाई भनेकोमा पनि उनले चित्त दुखाएका छन् । टेलिफोन सम्वादका क्रममा मन्त्री खड्काले ‘धमला भाई’ भन्दिएपछि उनी रिसाएको अडियो÷भिडियो अहिले टिकटकमा चर्चामा छ।

‘डा. नारायण खड्का हुनुहुन्छ। डा. साव म नेपाली वहसमा तपाईलाई स्वागत गर्न चाहान्छु’ भन्दै धमलाले स्वागत गरेपछि मन्त्री खड्का भन्छन्–‘अरे ऋषी धमला भाई, धेरै पछि तपाईसँग कुरा गरें मैले, तपाईको धेरै आग्रह टारें तर अव अहिले मैले अव महाधिवेशन सम्वन्धि वोल्दिनु पर्यो भनेर तपाईले भनिराख्नु भएको थियो।’

खड्काले आफनो कुरा वढाई रहँदा धमलाले विचैमा भन्छन्–‘होईन तपाईले विहानै ऋषी धमला भाई भने, डा.साव सुन्नोस न। डा. सुन्नोसै, तपाई ऋषी धमला भाई भनेर विहानै नवोल्नोस। म ऋषी धमला तपाईको भाई होईन’ त्यसपछि खड्काले ‘सरी’ भन्दै आफनो कमजोरी सुधार्छन।

अझै पनि धमला रोकिदैनन्। उनले ‘तपाईले मलाई भाई भन्न सुहाउँदैन। म पत्रकार हुँ यो देशको। तपाईलाई थाहा छ, मेरो वारेमा।’ भन्दै आफनो भडास निकाल्छन्। 

राणा, खड्का र धमलाको यो अडियो भिडियो अहिले टिकटकमा भाईरल भईरहेको छ।
 

पशुपति शमशेर राणा ऋषी धमला नारायण खड्का

विशेष