News स्वास्थ्य

अस्पतालको क्वाटरमा एकै परिवारका जनाको मृत्यु, निसासीएको आशंका

अस्पतालको क्वाटरमा एकै परिवारका जनाको मृत्यु, निसासीएको आशंका

भेरी अस्पतालको क्वाटरमा झ्याल ढोका थुनेर आगो वालेर सुतेका एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको छ।

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको क्वाटरमा सुतेका अस्पतालका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका तीन सदस्यको मृत्यु भएको हो।

क्वाटरभित्र सुतेका सात जनामध्ये कालीकोट खाडाचक्र नगरपालिकाका धनप्रसादसहित उनका ३ महिनाका छोरा इप्सन, आमा कोकिला भट्टराई र दिदी नन्दकलीको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले वताए ।

धनप्रसादकी श्रीमती सुशीला, भाइ नरेन्द्र र ३ वर्षीय छोरा विवश भट्टराई बिरामी परेका छन्। उनीहरूको उपचार भेरी अस्पतालमै भइरहेको छ। 

कोठाका न्यानो बनाउन टिनको बट्टामा आगो बालेर सुत्दा निसासिएर उनीहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

अस्पताल परिसरमा रहेको क्वाटरमा सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि प्रहरी गएर ढोका खोलेको थियो। उनीहरु अचेत अवस्थामा थिए। अस्पताल लगिएका सात जनामध्ये ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

विशेष