News

पारस शाहकी कान्छि छोरीले पनि लिईन नागरिक्ता, हिमानीले गरिन सनाखत

पारस शाहकी कान्छि छोरीले पनि लिईन नागरिक्ता, हिमानीले गरिन सनाखत

केही वर्ष अघिसम्म नेपालमा राजालाई संविधान भन्दा माथि राखिन्थ्यो। राजपरिवारका सदस्यले नागरिक्ता लिनु पर्दैनथ्यो। तर, २०७२ को संविधान जारी भएपछि सवै नेपाली नागरिक संविधान अन्तर्गत रहन्छन र सवैले नागरिक्ता लिनुपर्छ।

२०६५ मा गणतन्त्र घोषणा भएपछि पनि पूर्वराजपरिवारका सदस्यको नागरिकताबारे स्पष्ट व्यवस्था थिएन। अन्तरिम संविधान २०६३ कतिपय विषयमा मौन रह्यो ।तर, २०७२ सालमा नयाँ संविधान जारी भएपछि सबै नेपाली नागरिकलाई संविधानमुनि राखिएको छ। त्यसअघि संविधान भन्दा माथि रहेका जो सुकै पनि यो संविधान जारी भएपछि कानुनभन्दामाथि कसैलाई राखिएको छैन।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले नागरिकता लिएका छन÷छैनन् खुलेको छैन। तर पूर्व युवारा पारस–हिमानी दुबैले नेपाली नागरिकता लिइसकेका छन्। पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले समेत वुधवार जिल्ला प्रशासन कार्यालय काठमाण्डौंवाट नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्।

उनले वंशजको आधारमा नागरिकता लिएकी हुन्। उनको नागरिकता सनाखत गर्न पूर्वयुवराज्ञी हिमानी शाह प्रशासनमा पुगेकी थिइन्। नेपालको संविधान अनुसार बुवा वा आमा दुबैको नामबाट नागरिकता प्राप्त गर्न सकिन्छ।

छोरीले नागरिकता लिँदा पूर्वयुवराज पारस भने गएका थिएनन्। यसअघि जेठी छोरी पूर्णिकाले नागरिकता लिँदा पनि सनाखत गर्न हिमानी नै गएकी थिइन्। पारास र हिमानका तीन सन्तान मध्ये एक छोरा हृदयेन्द्र शाह र दुई छोरीहरु पूर्णिका र कृतिका शाह छन् । 
 

विशेष