News स्वास्थ्य

ओमिक्रोनको त्रासः भारतसँगको खुला सिमाना निर्वाध सञ्चालन

ओमिक्रोनको त्रासः भारतसँगको खुला सिमाना निर्वाध सञ्चालन

दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर त्रास फैलिएको छ। पछिल्ला दुई वर्षदेखि कोरोनासँग जुधिरहेका सर्वसाधारणका लागि म्युटेशन भएको ओमिक्रोनले थप तनाव दिएको हो ।

कोरोनाको अल्फा, डेल्टा जस्ता भेरियन्ट भन्दा तिव्र गतिमा फैलिन सक्ने यो भाईरसका कारण विश्वका धेरै देशले यात्रामा रोक लगाएका छन् । भारतको कर्नाटकमा दुई जनामा ओमिक्रोन फेला परेको छ। ६६ वर्षीय र ४६ वर्षीय पुरुषमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । 

दिल्लीमा पुष्टि भएका ६ जना र महाराष्ट्रका ६ जनाको नमुना ओमिक्रोन हो वा हैन भन्ने छुट्याउन जीन सीक्वन्सिङका लागि पठाइएको छ । योसँगै बुधबारदेखि लागु हुनेगरी उच्च जोखिम भएका देश बेलायत, दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, बंगलादेश, हङ्कङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गरिएको छ।

उनीहरुलाई भारत आइपुग्नासाथ परीक्षण गरिने र नतिजा आएपछि मात्रै विमानस्थलबाहिर जान दिइनेछ । कोभिड पुष्टि नहुने यात्रुले सात दिन घरमा क्वारेन्टिनमा बस्नुपर्ने र आठौं दिन फेरि परीक्षण गर्नुपर्ने नियम बनाइएको छ ।

यता भारतमा ओमिक्रोनको पुष्टि भईसक्दा नेपालमा भने आवश्यक्ता अनुसार यस्को रोकथाम र न्यूकिरणको तयारी गरिएको छैन। खुला सिमानाका कारण भारतमा संकट आउनेवित्तिकै नेपाल उच्च जोखिममा पर्ने निश्चित छ । त्यहाँ डेन्टा भाईरसका कारण कोरोना संक्रमण र मृत्युदर बढ्दा नेपालमा पनि डेल्टाका हजारौं संक्रमित भेटिएका थिए । अहिलेसम्म नेपालमा ओमिक्रोन भेटिएको पुष्टि भएको त छैन तर कोरोनाको यो नयाँ भेरिअन्ट भित्रिन सक्ने जोखिम उच्च छ।

ओमिक्रोनको जोमिखलाई मध्यनजर गर्दै नेपाल सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक त लगाएको छ तर, भारतसँगको नाका निर्वाध रुपमा सञ्चालनमा छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण अफ्रिकाका सबै प्रान्तमा ओमिक्रोन भेरिअन्टबाट संक्रमितको संख्या बढेको छ । डब्लुएओले कोरोनाका धेरै भेरियन्टमध्ये यो चिन्ताजनक भएको बताएका छ । यद्यपि पहिलेका भन्दा अहिलेको उत्परिवर्तनबाट आएको भाइरस थप घातक भएको प्रमाण भने फेला परिसकेको छैन । 

ओमिक्रोनबाट फेरि संक्रमित हुने दर भने डेल्टा या बिटा भेरियन्टको तुलनामा तीन गुणा धेरै हुने पाइएको छ। बिहीबार प्रकाशित दक्षिण अफ्रिकी वैज्ञानिकहरुको एक सुरुआती अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो। 

यस अध्ययन कोरोना संक्रमण भइसकेका मानिसको शरीमा बनेको इम्युनिटीलाई कमजोर बनाउने ओम्रिकोनको क्षमताका बारेमा पहिलो कुनै वैज्ञानिक अनुसन्धान भएको हो। तर, यसमा खोपबाट बनेको इम्युनिटीलाई लिएर कुनै अध्ययन गरिएको छैन। 

दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एन्ड इन्भेन्शनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरिअन्टभन्दा यो भिन्न र उत्परिवर्तनको अस्वाभाविक संग्रह देखिएको बताएका छन् । उनले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० वटाभन्दा बढी स्पाइक प्रोटिन भएको बताएका छन् । स्पाइक प्रोटिन मानिसको कोषमा टाँसिन र भित्र छिर्न सघाउने अवयव हो । यो भाइरस वुहानमा बनेको भन्दा निकै फरक भइसकेका कारण घातक हुनसक्ने अनुमान गरिएको छ । 
 

ओमिक्रोन

विशेष