News

प्रचण्डलाई आफनो प्रतिवेदन घाँडोः आलिसान घर छोडेर झुपडीमा होला त वास ?

प्रचण्डलाई आफनो प्रतिवेदन घाँडोः आलिसान घर छोडेर झुपडीमा होला त वास ?

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि घनिभुत छलफल भएको छ। पार्टी धनाढ्य वर्गको चंगुलमा फस्दै गएको विषयमा नेताहरुले असन्तुष्टि जनाएका छन् ।


खासगरी अध्यक्ष प्रचण्डको निवास तथा उनका नातीलाई मासिक ५० हजार तिरेर स्कुल भर्ना गरिएको विषयमा अप्रत्यक्ष कुराहरु उठेका छन् । महाधिवेशन प्रतिनिधिहरुले पार्टी नेतृत्वको अस्वभाविक जीवनशैलीलाई लिएर नेतृत्वमाथि प्रश्न उठाए।

बिहीबारको बन्द सत्रमा समूह २२ (बागमती प्रदेश) को तर्फबाट सुझाव दिँदै टोली नेता इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले माओवादीभित्र समानस्तरका नेताहरुका जीवन शैलीमा देखिएको असमानताबारे प्रश्न उठाएका हुन्।  

‘माओवादीमा समानस्तरका नेताहरुको जीवन शैलीमा देखिएको असमानता अन्त्य हुनु पर्छ’, उनले भने, ’नेताहरुमा देखिएको विलाशी जीवनशैलीबारे नेतृत्वले जवाफ दिन सक्नुपर्छ।’

नेताहरुले पार्टीमा आवद्ध १० धनाढ्य नेताहरुको नाम सार्वजनिक गर्न माग गरे। अध्यक्ष प्रचण्डको दस्तावेजमा विश्वका दश मुख्य धनाढ्यहरुको नाम उल्लेख गरेपछि लुम्बिनी प्रदेश ’ख’बाट नेता सुदर्शन बरालले शान्ति प्रक्रियामा आएपछि माओवादीका नेताहरु पनि धनी भएको वताए । ती १० धनाढ्य नेताको नाम उल्लेख गर्न माग उठिरहेको उनले वताए ।

अध्यक्ष प्रचण्डले आफनो प्रतिवेदनमा पार्टीलाई गाउँ फर्काउने विषय पनि समेटिएको छ। यस विषयमा पनि प्रतिनिधीले प्रश्न उठाएका छन् । खास गरी अध्यक्ष प्रचण्डकै निवासका विषयमा प्रश्न उठेपछि प्रचण्डले आफू डेरा सर्न तयार रहेको बताएका छन्।

उनले खुमलटारबाट झुपडीमा गएर बस्न पनि तयार रहेको बताए। आफूले राखेका राजनीतिक प्रस्तावबारे आज स्पष्टीकरण दिँदै अध्यक्ष प्रचण्डले भने, ‘म डेरा सर्न तयार छु। यो विषयमा निकै आलोचना हुने गरेको छ। म झुपडीमा गएर बस्न पनि तयार छु।’

प्रचण्ड खुमलटारस्थित शारदा अधिकारीको घरमा बस्दै आएका छन्। अधिकारी निर्माण व्यवसायी हुन्।


‘म खुमलटार छाडेर गाउँ जाने कि भन्ने पनि सोच्दैछु। निर्णय त गरिसकेको छैन। तपाईंहरू  केन्द्रीय सदस्य पनि काठमाडौं बस्ने होइन गाउँ जाने हो, तयार हुनुस्,’ उनले भने।

विशेष