News

पुण्य गौतमले दुई महिनामै टिकटकबाट कमाए लाखौं रकम

पुण्य गौतमले दुई महिनामै टिकटकबाट कमाए लाखौं रकम

सार्वजनिक चासोका विषयमा आफनो अभिव्यक्ति दिन माहिर चर्चित व्यक्ति पुन्य गौतम पछिल्ला दिनहरुमा टिकटकमा रमाइरहेका देखिन्छन् । टिकटक उनको आम्दानीको श्रोत भएको छ।

उनले टिकटकबाट दुई महिनामैं लाखौं रकम कमाएको बताएका छन् । सुरुवातमा टिकटकबाट आफनो पेसा अनुसारको कन्टेन्ट तयार पारेर दर्शकलाई मनोरञ्जन दिदै आएका पुन्य गौतम पछिल्ला दिनहरुमा टिकटक लाइभमा व्यस्त देखिन्छन्।

टिकटकमा लाईभ वसेर उनले दुईमहिनामै २० लाख भन्दा बढि कमाई गरेको संकेत गरे।  नेपाल आजसँगको अन्तरवार्ताका क्रममा उनले उनले यति नै कमाई गरेको हो भन्ने खुलाउन नचाहे पनि टिकटकबाट कमाई भएको पैसाले आफनो मुटु रोगी दाईको उपचार गराइरहेको वताए ।

यसका साथै मृगौला पीडित व्यक्तिहरुलाइ पनि सहयोग गरेको उनले बताएका छन् । उनी प्रायजसो रातभर लाइभमा देखिन्छन भने उनको लाइभमा हजारौ फलोअर्स देख्न सकिन्छ ।

लाइभ बस्दा आफना शुभचिन्तक तथा फ्यानहरुले दिने गिफ्टबाट कमाइ हुने उनी बताउँछन । टिकटकमा आएको गिफ्टको ५१ प्रतिशत मात्र युजरले पाउने ब्यवस्था छ भने अन्य ४९ प्रतिशत टिकटकले नै राख्ने गरेको छ ।

टिकटकबाट कमाइ भएको रकमको ट्याक्स समेत तिर्नु पर्दैन। टिकटकमा छोटो समयमा छिटो भाइरल हुने र धेरै पैसा कमाउनेमा पुण्य गौतमको नाम अग्र स्थानमा आउँछ ।

युवा नेता पुण्य गौतमसँग नेपाल आजले गरेको कुराकानी हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस।

पुन्य गौतम

विशेष